विनय तामाङपन्थी गोजमुमोले यसपालीको लोकसभा चुनाउमा भाजपालाई दार्जीलिङमा मात्रै होइन, जलपाइगढी र अलिपुरद्वार आसनमा पनि फोरफिट बनाउने चुनौती दिएको छ।
आज सिलगढीमा भाजपा नेता एवं दार्जीलिङका सांसद एसएस आहलुवालियाले विनय तामाङ विरूद्ध दिएको बयानको जवाबमा नै गोजमुमो अध्यक्ष तामाङले यस्तो बयान जारी गरेका हुन्। उनले भनेका छन्-भाजपा र भाजपाक राष्ट्रिय स्तरका नेताहरूले घरिघरि मेरो नाम लिएर मेरो राजनैतिक उचाई बढाइदिइरहेका छन्। यसको लागि म उनीहरूलाई धन्यवाद नै दिन्छु। यसरी नै उनले यसपालीको लोकसभा चुनाउमा पनि आहलुवालियालाई दार्जीलिङबाटै खडा भएर देखाउऩे पनि चुनौती दिएका छन्।
उऩले भने-एसएस आहलुवालिया दार्जीलिङ लोकसभा आसनबाट खडा भएर देखाउन्, तब दार्जीलिङ पहाडमा विमल गुरूङ प्रसिद्ध नेता रहेछन् कि हामी, त्यो स्पष्ट हुनेछ। हामी लोकसभा चुनाउमा देखाइदिनेछौं। दार्जीलिङ आसनबाट मलाई उम्मेद्वार बन्ने आहलुवालियाले चुनौती दिएका छन्, तर भाजपाका अझै ठूलो पद र कदका नेता यहाँबाट उठे, त्यस समय म आफ्नो उम्मेद्वारिताबारे निर्णय लिनेछु। यो भाजपाको लागि मेरो चुनौती हो। वर्ष 2009 र 2014-को लोकसभा चुनाउमा जारी गरिएको घोषणा पत्रमा गोर्खाल्यान्डसम्म लेख्न नसक्ने पार्टीले गोर्खा जातिको हित र भलाईको कुरा नगरेकै वेश हुनेछ, उनले भने।
http://pratibymba.com/