Quantcast
Viewing all articles
Browse latest Browse all 3853

विधायकले सदनमा उठायो टुङ्ग आइटीआई व्यवस्थापनको मुद्दा

पश्चिम बंगाल विधानसभाको शीतकालीन सत्रको टेक्निकल एडुकेशनसम्बन्धित प्रश्न- उत्तरको अवधि आज दार्जीलिङका विधायक अमरसिहँ राईले आईटीआई टुङ्गको व्यवस्थान, संस्थानको जीर्णोद्वार अनि रिक्त पदहरूमा नियुक्तिको मुद्दा उठान गरे। विधायक राईले आइटीआई टुङ्गको संस्थान भवनको जीर्ण अनि भग्नावस्थामा  रहेकोले यसको जीर्णोद्वार आवश्यक रहेको तथा यस संस्थानलाई सुचारूरूपमा सञ्चालन गर्न रिक्त पदहरूमा नियुक्ति गर्नु अति आवश्यक रहेको सदनमा माग गरे भने राज्य सरकारले विभागीय प्रतिनिधिहरूलाई निरीक्षण भ्रमण गराएर यस संस्थानको व्यवस्थापनको निम्ति चाड़ोभन्दा चाड़ो पहल गर्नु आवश्यक रहेको पनि सदनलाई सुझाउ राखे।
विधायक अमरसिहँ राईको उक्त मुद्दामाथि प्रत्युत्तर दिँदै मुख्यमन्त्री ममता व्यानर्जी स्वयँले यस विषयमा चाड़ै पहल गरिने आश्वासन दिएकी छिन्। यसबाहेक मुख्यमन्त्रीले मन्त्री पुलेन्दु गुहाँलाई आईटीआई टुगंको निरीक्षण भ्रमण गर्ने अनि उक्त संस्थानमा रिक्त रहेका पदहरूमा पनि चाड़ै नियुक्ति प्रदान गर्ने निर्देश पनि दिएको विधायक राईले जनाएका छन्।
यसबाहेक मङपूसितै अब गोरूबथानमा पनि चाड़ै नयाँ आइटीआई संस्थानको स्थापनाको प्रक्रिया शुरू हुने पनि विधायक राईले बताएका छन् भने मङ्पू अनि गोरूबथानमा निर्माणाधीन नयाँ आइटीआई संस्थानहरूको निम्ति पहाड़वासीको तर्फबाट राज्य सरकार अनि मुख्यमन्त्री ममता व्यानर्जीलाई सदनमै आभार व्यक्त गरेको पनि राईले बताएका छन्।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles