रङबी ज्ञानपीठ उच्चतर माध्यम्निक विधालयले विधालयको खेल मैदानमा गोपाल लामिछाने व्यवस्थापक सिन्कोनाको अध्यक्षतामा अनि किशोर थापा सभापति गोजमुमो खरसाङ महकुमा समितिको मुख्य आतिथ्यमा भब्य रुपले सम्पन्न गर्यो | मुख्य अतिथिद्वारा राष्ट्रीय झण्डा उत्तोलन अनि विधार्थीवर्गद्वारा राष्ट्रीय गीत प्रस्तुतिपछि प्रधान अध्यापक बीके गुरुङले स्वागत सम्बोधन गरे | विधार्थीवर्गको चारवटा समुह रातो, पहेंलो, हरियो र निलो दल माझ सम्पन्न भएको मार्च पास्ट प्रतियोगितामा रातो दलले उत्कृष्ट प्रदर्शन गरि पहिलो स्थान ओगटे | विभिन्न रोचक खेलहरु माझ हिल एन्जल्स एकाडेमी अनि ग्रीन हिल एकडेमीका मसिना विधार्थी नानीहरुले सुन्दर नृत्य प्रस्तुत गरे | मुख्य अतिथि किशोर थापाले सम्बोधनमा विधार्थीवर्गलाई किताबी ज्ञान मात्र पर्याप्त हुँदैन, उनीहरु शाररिक, मानशिक, मनोवैज्ञानिक अनि सामाजिक तौरले विकाश गर्नमा खेलकुद अति जरुरी पर्ने बताए | यसैले शिक्षा विभागले आठौँ श्रेणीसम्म अनिवार्य रुपले अनि नवौंदेखि ऐच्छिक रुपले खेलकुद विषयलाई लिनपर्ने नीति निर्धारण गरेको कुरा पनि अव्गात गराए | विधार्थीले यसरी एकबद्ध भएर भब्य तथा सफलतापुर्वक वार्षिक खेलकुद समारोह सम्पन्न गर्न सकेकोमा सम्पूर्ण शिक्षक शिक्षिकावर्ग तथा विधार्थीवर्गलाई बधाई पनि दिए | विधार्थीवर्ग माझ सम्पन्न गरिएको म्याराथन दौडमा पुरुषवर्गमा प्रथम छिरिङ डुक्पा, दोश्रो उज्ज्वल राइ, तेश्रो साहिल तामांग अनि महिलावर्गमा प्रथम याङजी शेर्पा, दोश्रो श्रेया मुखिया अनि तेश्रो संजना राई भए | महिला अभिभावकवर्ग माझ राखिएको गोली पास गर्ने खेलमा प्रथम पंचमी तामांग, दोश्रो ममता तामांग अनि तेश्रो रबिका खवास भए भने पुरुषवर्गमा खुल्ला राखिएको छेलो हनाई प्रतियोगितामा प्रथम अनिल गुरुङ(शिक्षक), दोश्रो रोहन राई अनि तेश्रो अदिप राई (शिक्षक) भए | डोरी तान्ने खेलमा छात्रवर्गमा भाईचुङ अनि पार्टी विजयी भए भने छात्रावर्गमा सरोज राई अनि पार्टी विजयी भए | सम्पूर्ण खेलमा हरियो दलले ५६० अंक लिएर प्रथम, ४६० लिएर निलो दल दोश्रो, रातो दल ३८० लिएर तेश्रो अनि पहेंलो दलले ३६० लिएर चौथो स्थान प्राप्त गरे | छात्र आविष्कार राईलाई पुरुषवर्गका उत्कृष्ट खेलाडी अनि छात्रा याङजी शेर्पालाई महिलावर्गको उत्कृष्ट खेलाडीको रुपमा चयन गरियो | कार्यक्रममा एडवर्ड लेप्चा सभापति गोजमुमो मङपुले अध्यक्षता गरेको थियो भने विधालयका पुर्व तथा बर्तमान संचालन समितिका सदस्यहरु, बरिष्ठ नागरिकवर्ग, छिमेकी, विधालयका शिक्षक शिक्षिकावर्ग आदिको उपस्थिति रहेको वार्षिक खेलकुद कार्यक्रमलाई शिक्षिकाहरु दीपा मोक्तान अनि अम्बिका गहतराज साथै दिलिप गुरुङले संचालन गरेका थिए ||
↧