गत मंगलबार मङपुको लाब्दा खास जुनियर प्राथमिक पाठशालाको पहिलो श्रेणीको सिलिंग प्लास्टर झरेर जुन दुर्घटना भएको थियो त्यसै घटनालाई लक्ष्य गर्दै गोरामुमो मङपु जोन अनि एचपीडब्ल्युयु सिन्कोना जोन पक्षले घटनास्थलको निरीक्षण गरेको छ | यस अवधि टोलीलाई विधालय प्रधान अध्यापक अजय छेत्रीले उक्त पाठशाला भवन सम्बन्धित विभागबाट प्राप्त एक लाख रुपियाँबाट भर्खरै मात्र मर्मति गरिएको बताएको छ | तर गोरामुमोले भने उक्त रकम कम्ति भएकोले नै मर्मति कार्यको गुणस्तर निम्न भएकोले घटना भएको सम्बन्धित पक्षलाई जनाएको छ | यसको साथै अब हुने मर्मति कार्यमा सम्बन्धित विभागबाट उचित पहल गरिनुपर्ने सुझाव गोरामुमो मङपु जोनको छ | प्रधान शिक्षक छेत्रीको भनाइ अनुसार २००९ सालमा निर्माण गरिएको उक्त विधालय भवन पानी चुहुने साथै साधारण रुपमा हिड्दा समेत थर्किने अवस्थामा रहेको बताएको हुँदा गोरामुमो पक्षबाट शिक्षा विभागलाई नयाँ भवन निर्माण गरिदिने माग गरेको छ | यस घटना विषयमा गोरामुमो एचपीडब्ल्युयु उपसभापति तथा खरसाङ महकुमा समिति चमन प्रधानले मर्मती कार्यमा कम्तिमा पनि ५ लाख रुपियाँसम्म भएको भए राम्रो काम हुने सुझाव सम्बन्धित विभागलाई दिएको छ | घटनालाई सम्बन्धित विभागले पनि निरीक्षण गरिएको उक्त भवन अब नयाँ रुपमा गरिदिए असल हुने गोरामुमोको माग रहेको छ | निरीक्षण टोलीमा गोरामुमो मङपु जोन सभापति कैलाश पाख्रीन, सचिव मिलन शेर्पा, एचपीडब्ल्युयु सिन्कोना ब्रान्च कार्यकारी सभापति आशिषदीप राई, एचपीडब्ल्युयु कन्भेनर मङपु लाठ समष्टि सन्तोष राई अनि ज्ञानदीप चामलिंग उपस्थित रहेका थिए ||
↧