Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

जनता राजा हो भने जीटीए कुर्सी त्यागेर जनताको चाहना गोर्खाल्याण्ड आन्दोलन गरेर देखाऊ - रोशन गिरी

$
0
0
Roshan Giri with Bimal Gurung
जनताराजमा जनतै राजा भनेर बिनयलाई अहिले याद आउँछ भने जनताको अर्थात् राजाको चाहना भनेको गोर्खाल्याण्ड आन्दोलन हो।यदि तिमीले राजा मानेको जनताको आदेश मान्छौँ भने जीटीएको कुर्सी त्यागेर गोर्खाल्याण्ड आन्दोलन गरेर देखाऊ।जनताको चाहनाको सम्मान गर्‍यौ भने म आफै पनि सबै तितोपना मेटाएर बिनयहरूलाई खुल्ला समर्थन गर्नेछु’ –उक्त कुरा गोजमुमो पार्टीका भूमिगत नेता रोशन गिरीले भनेका हुन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गरेर विनय तामाङलाई गोर्खाल्याण्ड आन्दोलन जनताको चाहना भएको कारण उनलाई आन्दोलन अघि बडाउने सुझाव दिएका छन्।  

गिरीले जारी गरेको प्रेस विज्ञप्तीमा अहिलेघरी पहाडमा जीटीए चुनावको चर्चा चलिरहेको सन्दर्भमा पनि प्रतिक्रिया व्यक्त गरेका छन्। पहाडको समस्यालाई बुझेर केन्द्र सरकारले अहिलेघरी फटा-फटा सकारात्मक कदम उठाइरहेको पनि गिरीले प्रेस विज्ञप्तीमा दावी गरेका छन्। केन्द्र सरकारले पहाडवासीको पक्षमा सकारात्मक कद उठाउने कार्य गरिरहेकै कारण अहिलेघरी विनय तामाङ अनि पश्चिम बङ्गाल आत्तिएको पनि रोशन गिरीले दाबी गरेका छन्।
‘भर्खरै मात्र केन्द्रिय गृह सचीवले पहाडमा एउटा फ्याक्ट फाइन्डिङ टीम पठाउने कुरा गरेपछि अनि गोर्खा जातिका छुटेका ११ जात गोष्ठीलाई केन्द्रिय जनजातिको दर्जा दिन शीतकालीन सत्रमा बील ल्याउने तय भएपछी बिनय तामाङहरू अत्तालिएका हुन्’ रोशन गिरीले भनेका छन्। यसक्रममा उनले ११ जात गोष्ठीले जनजातिको मान्यता पाए विनय तामाङहरूलाई पनि लाभ पुग्ने भन्दै हालमा विनय तामाङहरूले कर्णल रमेश आले, आर पी वाइबा, लोप्सांग लामा यल्मो लगायतका अन्य कार्यकर्ताहरूलाई घरमा पुलिस पठाएर धम्काउने कार्य गरिरहेको आरोप लगाएका छन्।
‘अहिले दार्जीलिङमा बिनय तामाङले भनेको शान्ति चाहीँ आतङ्कको शान्ति हो, मुर्दाघरको शान्तिभन्दा पीडादयाक शान्ति हो’ रोशन गिरीले अझ भनेका छन् – ‘अहिले पहाडमा पुलिसले तृणमूलको क्याडर जस्तो भएर घटक बिनय तामाङलाई जबर्जस्ती उभ्याउने काम गर्दैछ।दार्जीलिङ पहाडमा प्रजातन्त्र पटक्कै छैन।’
यसैक्रममा गिरीले प्रेस विज्ञप्ती मार्फत् पुलिसको बलमा विनय तामाङहरूले सांसद चुनाव अघि जीटीए चुनाव गराएर सत्ता हतियाउने सपना देखेको पनि आरोप लगाएका छन्।  ‘बिनय तामाङहरूलाई पनि त्यही आरोपहरू, त्यस्तै ननबेलेबल सेक्सनहरू लागेको छ।फरक यति छ, उनीहरू गिरफ्तारीबाट बाँच्न राज्यसँग झुकेर सत्तामा कठपुतली भएर बसेका छन् अनि हामी फर्जी आरोपहरूबाट बाँचेर जातीय स्वाभिमानको युद्द लड्न घरबार त्यागेर निस्किएका छौं’ गिरीले अझ भनेका छन् –‘आजको पहाडको गणतन्त्र भनेको खाकी गन तन्त्र’ (पुलिसी आतंक) हो।चाँडो जीटीए चुनाव गराउँछु भन्नु यो चुनाव राज्यको अधिन हुने भएकोले गर्दा प्रशासनको भरपुर सहयोग लिने रणनीति बिनयहरूको हो।’
उनले लोकसभा चुनावमा नराम्रो पराजयको आशंकाले ग्रस्त बनाएपछि आफ्नो दुनो सोझ्याउन सकिने झिनो आशामा बिनयहरूले पहाडलाई दुइ तीन महिनाको फरकमा एकै चोटी दुइ दुइवटा चुनावको मुखमा होम्ने षडयन्त्र गरेको पनि आरोप लगाएका छन्। ‘बिनयहरूले जहिले चुनाव गराउ, त्यो तिमीहरूको सुविधा अनुसार नै गर।तर जनताले भोगेको पीर-मर्काको जवाब जनताले बाहिर मैदानमा नदेखाए पनि मतदानको समय देखाउनेछन्।यदि यसपाली सांसद चुनाव अघि जीटीए चुनाव गर्ने निधो नै भयो भने जनताद्वारा गरिने यो पालीको चुनावी रणनीति बिनयहरूको निम्ति अहिले चल्दै गरेका हल्लाहरू भन्दा नयाँ हुनेछ।यसमा जनताको नै जीत निश्चित छ।यति चाहीं पक्का हो’ रोशन गिरीले भनेका छन्।
 http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images