Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

राज्यसित वार्ता बस्न पत्राचार गरेर विमल गुरूङले विनय- अनित थापाको निर्णय सही रहेको प्रमाणित गरेका छन्

$
0
0
Suraj Sharma GJM Spokesperson
राज्य सरकारसित वार्ता गर्ने अनुरोध गर्दै पत्राचार गरेर विमल गुरूङहरूले हामीले रोजेको मार्ग नै पहाड़ अनि पहाड़वासीको निम्ति सही निर्णय रहेको प्रमाणित गरेको छ भन्दै विनयपन्थी गोजमुमोले विमल गुरूङको राजनैतिक अदूरदर्शिता अनि जिद्दीपनाले गर्दा 105 दिनको पहाड़ बन्द, हिँसा अशान्ति, 11 जना निर्दोषहरूको मृत्यु अनि हजारौं जनाले जेलको यातना भोग्नुपरेको पनि आज आएर स्पष्ट भएको दावी गरेको छ।
विनयपन्थी गोजमुमो केन्द्रिय समिति प्रवक्ता सुरज शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त दावी गरेका छन्। एकातिर जनतासामु शहीदहरूको योगदानको भावनात्मक ब्ल्याकमेल गर्दै अर्कोतिर ब्याक डुअऱबाट राज्य सरकारलाई वार्ता बस्न सुटुक्कै चिठी लेख्ने विमल गुरूङहरूको नियतबारे अब जनतालाई भनिरहने दर्कार नै नरहेको पनि उल्लेख गर्दै प्रवक्ता सुरज शर्माले यदि राज्य सरकारसित वार्ता गर्नु नै थियो भने 2017 मा विनय तामाङ अनि अनित थापाले वार्ताको ढोका खोल्दा किन माटो विरोधीको संज्ञा दिँदै पहाड़बाट खेद्नेसमेत फरमान जारी गरेको भनी प्रश्न पनि तेर्साएका छन्।
गोर्खाल्याण्डको निम्ति भनेर 105 दिनको पहाड़ बन्द, हिँसा अशान्ति, 11 जना निर्दोषहरूको मृत्यु अनि हजारौं जनाले जेलको यातना भोगाएर अहिले राज्यसित वार्ता गर्नु के यही हो विमल गुरूङको प्रतिवद्धता अनि शहीदहरूको अघि गरेको शपथ ग्रहण ?  एकवर्षपछि आखिर राज्य सरकारसितै वार्ता गर्नुथियो भने एकवर्षअघि चै शान्ति अनि गणतन्त्र बहाली गर्ने विनय तामाङ अनि अनित थापाको विरोध किन गरियो? शर्माले गुरूङ खेमामाथि प्रश्न उठाउँदै यसो पनि भनेका छन्।
शर्माले उल्लेख गरेअनुसार, 29 अगस्त 2017 मा नवान्न कलकत्तामा आयोजित वार्तामा विमल गुरूङले विनय तामाङ अनि अनित थापालाई गोर्खाल्याण्डको निम्तिमात्रै वार्ता गर्नुपर्छ भनेर फतवा नै जारी गरेका थिए।उक्त वार्तामा ठूलो चुनौतीको सामना गर्दै पनि विनय तामाङ अनि अनित थापाले गोर्खाल्याण्डको मुद्दा उठान गरेपछि मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाल्याण्ड संवैधानिक माग रहेको तर उक्त मुद्दा राज्य सरकारको नभएर केन्द्रको मुद्दा रहेको स्पष्टरूपमा भनेकी थिइन्। यसपछि मुख्यमन्त्री ममता व्यानर्जीले पत्रकारहरूसमक्ष पनि त्यही कुरा दोहोराएकी थिइन्।
गोर्खाल्याण्ड दिन्छु भन्ने केन्द्र सरकारले भने गोर्खाल्याण्डबारे अहिलेसम्म एक शब्द बोलेको छैन। विमल गुरूङ यदि इमान्दार रहेको छ भने जनतालाई मूर्ख बनाउनुतिर नलागेर केन्द्र सरकारलाई गोर्खाल्याण्डको बील सदनमा पेश गर्नु दबाउ दिउन् भनी हामी सुझाउ दिँदछौं भनी उनले भनेका छन्।
यसबाहेक शहीद वरूण भूजेलकै घरमा गएर राज्यसित वार्ता बस्ने कुरा गरेर विमल गुरूङहरूले शहीदहरूको अपमान गरेको पनि उनले आरोप लगाएका छन्। सबैभन्दा दुःखलाग्दो कुरा के रहेको छ भने हिजो वरूण भूजेलको पुण्यतिथिलाई गोर्खाल्याण्डको शपथ दिवस भनेपनि वरूण भूजेलकै घरमा गएर राज्यसित वार्ता बस्ने इच्छा व्यक्त गर्नु अनि यसको निम्ति राज्य सरकारलाई पत्राचारसमेत गरिसकेको कुरा गर्नु भनेको वरूण भूजेलको शहादतको सम्मान गर्नु होइन तर उनको गोर्खाल्याण्ड प्राप्तिको सपना अनि योगदानको अपमान गर्नु हो। शहीद वरूण भूजेलकै घरमा गएर यस प्रकारको बयान सार्वजनिक गर्नु शहीद परिवार अनि शहीदको अपमान गर्नु हो, शर्माले भनेका छन्।
 तथापि विमल गुरूङले पहिलैदेखि शहीदहरूको बलिदानलाई बेचेर सत्तामा बस्दै आइरहेको पनि उनले आरोप लगाएका छन्। सिप्सुमा 3 जनाको हत्या भएपछि 2011 सालमा उनले जीटीएमा सम्झौता गरे। 2013 मा तेलेङ्गना राज्य बनिँदा उनले जीटीएबाट रिजाइन गरेपछि फेरि मङ्गलसिहँ राजपूतले गोर्खाल्याण्डको निम्ति आत्मदाह गरेपछि विमल गुरूङले फेरि जीटीए चीफकै शपथ ग्रहण कलकत्ता गएर गरेका हुन्। यसपछि यसपालि 11 जनालाई गोर्खाल्याण्डको नाममा बलि चड़ाएपछि फेरि जीटीएको चौकीमा बस्नलाई उनी राज्य सरकारसित तारतम्य मिलाउने प्रयास गरिरहेका छन्। विमल गुरूङलाई गोर्खाल्याण्डको होइन चौकीको लोभ छ। शहीदको सम्मान होइन विमल गुरूङको मनमा सत्ताको स्वार्थ लुकेको छ गोजमुमो प्रवक्ता सुरज शर्माले विज्ञप्तिमा यसो भनेका छन्।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853