Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

पदोन्नति सम्बन्धमना गोजमुमो युनियनले दियो एचपीडब्ल्युयुलाई जवाब | भन्यो “टुंइके फुस्केको मान्छे र सुइँके पसेको जाँड काम लाग्दैन”

$
0
0
Cinchona plantation bell
गत महिना ४ सेप्टेम्बरको दिन सिन्कोना बगानमा धेरै वर्षहरुदेखि ठप्प रहेको पदोन्नति प्रक्रियालाई गति दिने भन्दै हिल प्लान्टेशन वकर्स युनियनले कलकता पुगी फुड प्रोसेसिङ एवम हर्टिकल्चर विभागका मन्त्रीसित भेट गरेर ५ सुत्रीय माग पेश गरि मोर्चा युनियनले सिन्कोना बगान मजदुरहरुको निम्ति केही नगरेको आरोप संगै अहिलेसम्म ग्रेडेसन लिस्ट धरि नपुगेको दाबी गरेका थिए | यति मात्र नभएर एचपीडब्ल्युयु सभापति तथा पुर्व विधायक एनबी छेत्रीले अन्य दलका युनियनहरुले पदोन्नति हुन्छ भन्दै धेरै समयदेखि टंगाएर ल्याएको बताएका थिए भने तिनले यो सबै लाटाको देशमा गाँडा तन्नेरी भने जस्तै हो, पदोन्नतिको ग्रेडेशन लिस्ट बनाएर भर्खर तल अर्थात कलकता पुग्दैछ, काँचै छ, त्यो भात पाक्छ कि पाक्दैन, चामल पाक्ने खाल्को छ कि छैन, पहिले पहिले थाल लिएर अघि आउनेहरुले भात पाउने हो कि कनिका पाउने हो त्यो पछि मात्रै थाहा लाग्छ भन्दै गहिरो व्यंग कसेका थिए |
आज फेरि प्राय: प्राय: एक महिनाको अन्तरालभित्र मोर्चा आधारित सिन्कोना प्लान्टेशन वकर्स युनियनको प्रतिनिधि टोलीले कोअर्डिनेटरद्वय खर्साङ विधायक डा0 रोहित शर्मा अनि मिरेन लामाको अगुवाईमा फुड प्रोसेसिङ एण्ड हर्टिकल्चर डिपार्टमेन्ट मन्त्री रज्जाक मोहल्ला साथै हिल अफेयर्स सेक्रेटरी अत्री भट्टचार्यसित भेट गरि एचपीडब्ल्युयुलाई गत्तिलो जवाब संगै अब पदोन्नति प्रक्रिया चाडै हुने बताएको छ | मोर्चा युनियनले एक विज्ञप्ति जारी गर्दै दाबी गरेको छ कि हाम्रो युनियनले सिन्कोनाको ग्रुप डी पदोन्नति बारे एक सुत्रीय माग जीटीए सभा मार्फत पास गरेर फुड प्रोसेसिङ एण्ड हर्टिकल्चर डिपार्टमेन्टबाट हिल अफेयर्स पठाइसकेको छ हाम्रो युनियनले खसी त्यो बेला नै छिनाइसकेको छ जब जीटीएमा आफ्नो एक सुत्री माग २८ जुनमा नै पारित गरि १ अगस्तको दिन कलकता पठाएको हो | अब दशैँ पुजा सकिने बितिक्कै सम्बन्धित विभागले एउटा सभा डाकेर पदोन्नति प्रकिया हुनेछ भन्दै हाम्रो विपक्षको युनियनले कलकता पुगेर हामीले के गर्यौं सबै थाहा पायो होला भन्ने सोंचेका थियौ तर सबै गाँडाको देशमा लाटा तन्नेरीहरु आफ्नो व्यक्तिगत काम गर्न र कलकता डुल्न गएका रहेछ भनी युनियनले आरोप लगाएको छ | यति मात्र नभएर त्यस युनियनको माग पत्र मन्त्रीको टेबलमा होइन तर विभागको क्लर्कको टेबलमा लवारिस लडिरहेको बताउँदै टुइंके फुस्केको मान्छे र सुइँके पसेको जाँड काम लाग्दैन भन्दै कडा व्यंग्य कसेको छ | साथै ग्रेडेसन लिस्ट कलकता होइन व्यवस्थापकको कार्यलयदेखि निर्देशकको कार्यलयसम्म मात्र जाने कुरो हो यति नबुझ्नेले युनियन कसरी गर्छ भनी प्रश्न पनि गरेको छ |      
तर सिन्कोना सम्बन्धमा यसरी एकाधिक पार्टी युनियनहरुले एक अर्का माथि दोषारोपण गर्दै केवल आफ्नै वर्चस्व र हुकुमत राख्ने लडाई भन्दा ठुलो सिन्कोना श्रमिकवर्गको पदोन्नति र स्थायीकरण हो | जो यसै समस्यामा पिडित श्रमिकवर्गलाई बाहेक पार्टी युनियनलाई पिडा अनुभव छैन | यसको साथै महत्वपूर्ण विषय के छ भने ५३५० श्रमिक संख्या रहेको सिन्कोना बगान जीटीएभित्र नै अन्तर्भुक्त छ भने जीटीएमा किन यसको हल छैन? यदि जीटीएमा समाधान नहुँदो हो भने किन यतिका समय जीटीएमै अल्मलाएर बस्यो त किन सोझै कोलकाता देखाएन ? सोंच्न पर्ने विषय छ | यता मोर्चाको युनियनले कोलकाता पुगी सम्बन्धित विभागसित पदोन्नति विषय खास कुरो के भयो त्यो नबताएर यो केवल शिष्टचार भेट भन्नुमा के रहस्य होला यो पनि अर्को सोंच्न पर्ने विषय छ भने सिन्कोना श्रमिकवर्गको पदोन्नति दिलाउन कुन दैलोबाट पस्न पर्ने हो अझसम्म कुनै युनियनले पत्तो लगाउन नसकेको पनि अड्कल काट्न सकिन्छ | प्राय: दशवर्ष भन्दा अधिक समयसम्म पर्खिरहेको पदोन्नति प्रक्रिया के अब बारबार पदोन्नति हुन्छ भन्दै गन्ति घरमा सुनाउने सिन्कोना प्लान्टेशन वकर्स युनियनले पुजापछि दिलाउन सक्ला? यसको उतर हाल रहस्यकै गर्व र प्रतिक्षाभित्र निहित छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles