Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

हिजको म्याच मुनाल एफसी बनाम रोयल एफसी 2-१ | आज आर्मी ३/९ बागडोगरा बनाम डुवर्स स्पोर्ट्स एकडेमी

$
0
0
Mungpoo Gold Cup 2018 Munal FC Kolkata Vs Royal FC Siliguri
मङपु युथ क्लबको आयोजनामा सम्पन्न मङपु गोल्ड कपको पहिलो म्याच मुनाल एफसी कोलकाताको भिडन्त रोयल एफसी सिलिगुडीसित भयो | खुबै रोमान्चक आजको उद्द्घाटनी म्याचमा दुवै दलका खेलाडीहरुले उत्कृष्ट प्रदर्शनी दिए | दर्शकहरुको भिड बिच मुनाल एफसीका जर्सी नम्बर १६ अल्ताफको सानदार गोलले विपक्षीको गोलरक्षक तोडेपछि एक गोलले आफ्नो दललाई अघि बढाए | रोयल एफसीले आफ्नो दललाई बराबरीमा ल्याउन लाखौँ कोशिश गर्दा गर्दै मुनाल एफसीका सुरजले ६८ मिनटमा पुन: दोश्रो गोल गरेपछि आफ्नो दललाई प्राय: विजयी बनाउन सफल बनिसकेका थिए भने खेलको प्राय: अन्ततिर रोयल एफसीको पक्षबाट ८२ मिनटमा ८ नम्बर जर्सीधारी फ्रान्कोले एक गोल गर्दा खेलले फेरि अर्कै मोड लिनसक्ने स्थिति बनिएको थियो | तैपनि निर्दिष्ट समयावधिभित्र पनि गोल सुलाउन नसक्दा रोयल एफसीले हारको सामना गर्न पर्यो | खेल अवधि मुनाल एफसीको खेलाडी अल्ताफले पहेंलो र रातो कार्डको पनि सामना गर्न पर्यो |

रंगरंगी कार्यक्रम बिच सम्पन्न आजको उद्घाटनी म्याच अघि गायिका माया प्रधानले सुन्दर गीत प्रस्तुत गरेका थिए भने सेन्ट एन्थोनी स्कुलका नानीहरुले नृत्य प्रस्तुत गरे |
पुर्व खेलाडी एनपी राईको अध्यक्षता साथै मङपु खेलकुद संघ सचिव राम पोख्रेलद्वारा संचालित कार्यक्रममा विभोर तामांगले उपस्थित सबैलाई स्वागत सम्भाषण राखेका थिए | कार्यक्रममा एनएचपीसीका आइसी एसके अग्रवाल प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने यसै कार्यक्रममा हिमालय दर्पण, एसके लाइफ, एबीएन, नमस्ते च्यानल, दार्जीलिंग टेलीभिजन साथै दार्जीलिंग, कालेबुंग, मङपु आदिका पत्रकारहरुलाई पनि उपहार साथै संवर्धना जनाउने कार्यक्रम पनि भयो | कार्यक्रममा अनु प्रधान, जैतुन निशा (बीओए सदस्य), अनोस थापा, आलोककान्त मणि थुलुंग, अमृत योन्जन, भाष्कर राई, मङपु पुलिस प्रभारी पासांग तामांग, व्यवस्थापक कार्यलय बडाबाबु मधुसुधन छेत्री, निर्देशक कार्यलय बडाबाबु डीके गुरुङ आदि पनि बिशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images