Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

आगामी निकुञ्जीका साहित्य श्रृंखला-कवि विकास गोतामेलाई समर्पित

$
0
0
Bikash Gotamay
मङ्पु साहित्य संस्थानद्वारा संचालन हुँदै आइरहेको निकुञ्जीका साहित्य श्रृंखलाको - २५औं प्रकरण स्थानीय रेशेप ग्राम पञ्चायत भवनमा सम्पन्न हुनेछ साथै यस प्रकरणलाई कवि स्व० विकास गोतामे (Bikash Gotamay) को २५औं पुण्य तिथिको अवसरमा उनैलाई समर्पण गरिने भएको छ | उक्त दिन कवि विकास गोतामेसित सम्बन्धित रोचक संस्मरण तथा घटना एवं सामाजिक-साहित्यिक योगदानलाई सम्झना गरिनेछ भएको छ I तसर्थ, कवि विकास गोतामेसंग सम्बन्धित साथी-संगी, सामाजिक-साहित्यिक सह-यात्री सबैलाई श्रद्धाञ्जली अर्पणार्थ संस्थानले हार्दिक स्वागत जनाएको छ I  आगमी २८ जून मंगलबारको दिन सम्पन्न हुने यस कार्यक्रममा कवि गोतामेका शुभचिन्तक् सबै-सबैलाई समय – १ बजे अपरान्ह उपस्थित भइदिने निम्त्रणा संस्थानका सचिव दीप थापाद्वारा प्रेशित विज्ञप्तिद्वारा जानकारी प्राप्त भएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles