गोरामुमोको श्रमिक संगठन एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन) केन्द्रिय समितिको कार्यालयको आज पार्टी अध्यक्ष मन घिसिङका हातबाट विधिवतरूपमा उद्घाटन गरियो। गोरामुमो केन्द्रिय कार्यालय परिसरमा नै श्रमिक संगठनको उद्घाटन गरिएपछि पत्रकारहररूपलशाठई ासलमम्म्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने-हाल हिमालयन प्लान्टेशन वर्कर्स युनियनले चियाश्रमिकहरूका विविध समस्या विषय लिएर आवाज उठाइरहेको छ, यस विषय लिएर चियाश्रमिकहरू श्रमिक संगठनको कार्यालयमा आउँछन्, तर श्रमिक संगठनको आफ्नो कार्यालय नभएको कारण उनीहरूलाई असुविधा भइरहेको थियो। यसैले यो कार्यालय अस्थायीरूपमा खोलिएको छ। आगामी दिनमा दार्जीलिङ शहरमा नै श्रमिक संगठनको कार्यालय खोल्ने पनि योजना बनाएका छौं, यदि बजारमा नै श्रमिक संगठनको कार्यालय खोलिए चियाश्रमिकहरूलाई आफ्नो समस्याबारे जानकारी गराउन तथा गुनासोहरू राख्न धेरै सुविधा भएर जानेछ। यसैबीच, एचपीडब्लुयू कार्यकारी अध्यक्ष जेबी तामाङले बोनस विषय लिएर कुरा उठाउँदै भोलिदेख पहाडका सम्पूर्ण चियाबगानहरूमा गेटसभा शुरू गरिने भएको बताए। उनले दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई 20 प्रतिशतकै दरले बोनस दिनुपर्छ भन्ने माग गर्दै यसको लागि जोइण्ट फोरमको माध्यमबाट आन्दोलन गरिने तय गरिएको पनि बताए।
http://pratibymba.com/