Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

ज्ञानपीठमा निर्मल विधालय सप्ताह पालन

$
0
0
Nirmal Vidhalaya week observed in Jnanpith Higher Secondary School Mungpoo
गत २४ सेप्टेम्बरदेखि विधालयकै प्रधान अध्यापकको अध्यक्षतामा ज्ञानपीठ विधालयमा निर्मल विधालय सप्ताह सम्पन्न गरियो | विधालयका सम्पूर्ण शिशक – शिक्षिकावर्गले निर्मल विधालय उल्लेखित नियम अनुसार सम्पूर्ण विधार्थीहरुलाई जनाए भने व्यावहारिकताको रुपमा पनि उक्त नियम अनुरुप कार्यहरु गर्न सिकाए | शिक्षक शिक्षिका स्वय लागी परेर निम्न प्रकारको कार्यहरु सम्पन्न गरियो | यसरी नै एसेम्बलीको अवधि सम्पूर्ण विधार्थीहरुले अन्तिम दिनसम्म निर्मल विधालय सम्बन्धित गीत प्रस्तुत गरे भने हात धुने कार्यक्रम, मध्यान्ह भोजन अघाडि सम्पन्न गरियो | सोही अनुरुप रेली गरेर सेफ ड्रिंकिङ वाटर एण्ड वाटर क्वालिटी टेस्टिङ लाई महत्व दिएर सम्पूर्ण गाउँबासीलाई सचेत गराए | तथापि नानीहरुलाई समाजप्रतिको जिम्मेवार अनि विधालयप्रतिको जिम्मेवार विधार्थीहरु कस्तो हुनपर्छ भन्ने विषयमा जानकारी गराए साथै आफु अनि गाउँलाई स्वास्थ्य बनाउनको निम्ति सम्पूर्ण विधालय परिसर सफा गर्न पर्छ भन्ने विषयलाई अव्गात गराए | यसरी नै व्यवहारिकताको रुपमा पनि कार्य भयो | कार्यक्रमकै लहरमा वृक्ष रोपन आदि कार्यहरु गरे भने अन्तमा बस अनि चित्र बनाउ प्रतियोगिता पनि सम्पन्न गरियो | कार्यक्रमको अन्तमा प्रधान अध्यापक बीके गुरुङले २४ सेप्टेम्बरदेखि सम्पन्न गरिएको कार्यक्रममा सम्पूर्ण शिक्षक शिक्षिकावर्ग अनि नानीहरुलाई धन्यबाद दिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles