Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बिमलले भने "केन्द्रले ११ जातगोष्ठी जनजातिको मुद्दालाई पारित गर्न आँटेको छ"

$
0
0
Bimal Gurung gjm president
भूमिगत नेता विमल गुरूङले गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजाति बनाइने मुद्दा केन्द्र सरकारले पारित गर्ने लागेको दावी गर्दै केन्द्र सरकारको उक्त पहललाई स्वागत छ समेत भनेका छन्।
गुरूङले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्- ‘गोर्खाको जनजाति माग सम्बन्धमा केन्द्र सरकारको पहललाई गोजमुमो पार्टी स्वागत जनाउँदछ| गोर्खा समुदायलाई अनुसूचित जनजाति बनाउने बारेमा गोर्खा जनमुक्ति मोर्चाको अडानलाई केन्द्रले अति नै सकारात्मक दृष्टिले हेरेर यस मागलाई पारित गर्न आँटेको छ।
यसबाहेक जनजाति बनाउनुभन्दा छैटौँ अनुसूचि नै ठीक थियो भन्ने चर्चाहरू पहाड़मा चलिरहेको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्दै गुरूङले ‘छैटौँ अनुसूचि भनेको दार्जीलिङ पहाडमा मात्रै हो अनि गोर्खा समुदायलाई अनुसूचित जनजाति बनाउनु भनेको राष्ट्रियस्तरमा भारतीय गोर्खाहरूले पाउने स्टाटस हो’ भनी स्पष्टीकरण पनि दिएका छन्।
 ‘राष्ट्रिय स्तरमा ट्राइबल हुनु भनेको हामी भारतको इन्डिजिनियस हौँ भनेको हो, अर्थात हामी यहाँको रैथाने हौँ भनेको हो’ विमल गुरुङले विज्ञप्तिमा भनेका छन्। ‘केन्द्रमा भारतीय जनता पार्टीको सरकारले गोर्खा जातिलाई माया गरेर यस विषय प्रति निक्कै नै चासो देखाएको छ। केन्द्र सरकारले यस मामिलाको गम्भीरतालाई बुझेर चाँडै नै यस मागलाई पारित गर्न आँटेको छ’ विमल गुरुङले भनेका छन्।

http://pratibymba.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles