Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लोवर सिटोङ अनि लाठपन्चर क्वाटर फाइनलमा

$
0
0
Gandhi Smarak Knockout Football Tournament Dairy Gaon Nawa Youth Club
सिटोङको डायरी गाउँ खेल मैदानमा विगत ७ सेप्टेम्बरदेखि डायरी गाउँ नव युथ क्लबको कुशल आयोजनामा सम्पन्न भइरहेको गान्धी मेमोरियल नक आउट फूटबल टुर्नामेन्टको दोश्रो राउण्ड आजदेखि शुरु भयो | घलेटार बनाम लोवर सिटोङ माझ घमाशान रुपमा सम्पन्न भएको आजको पहिलो म्याचले दर्शकहरुको उत्तेजनालाई बडत दिंदै खुबै मनोरन्जन दिएका थिए भने दुवै दलको उत्कृष्ट प्रदर्शनीले खेललाई अन्तमा पेनाल्टी सुट आउटसम्म पुरायो जसमा जसमा लोवर सिटोङले घलेटारलाई ३ गोलको विरुद्ध ४ गोल गर्दै क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सक्षम बनेको छ |  यसरीनै दोश्रो म्याचमा फाफ्री सालुगडाको भिडान्त लाठपन्चरसंग भयो | निर्दिष्ट समयभित्र दुवै दलको कडा चुनौती बनिरह्यो भने द्वै दलले २ – २ गोल गर्दा निर्णायकले यस खेललाई पनि पेनाल्टीको मध्यमले निर्णय दिन परेको थियो जहाँ लाठपन्चरको टीम अघि फाफ्रीका खेलाडीहरुले घुँडा टेक्न बाध्य बन्यो भने लाठपन्चर अब क्वाटर फाइनल राउण्डमा प्रवेश गरिसकेको छ | आजको खेल निर्णायक फानोस लेप्चा, सहनिर्णायक संजुएल लेप्चा अनि डेबिट लेप्चाको नियन्त्रणमा संचालन भएको थियो | आगमी दुई अक्टोबरमा फाइनल खेल हुने यस टुर्नामेन्टमा विजयी दललाई रुपियाँ ३०,००० अनि पराजय दललाई रुपियाँ २०,००० नगद राशी पुरस्कारको रुपमा दिइने भएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images