Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

विद्यार्थी र शिक्षित जमात राजनीतिमा आउने बिनयले गरे आह्वान

$
0
0
Binay Tamang in Ghoom Jorbunglow college 15 foundation day
घूम जोरबंगलो महाविद्यालयले आफ्नो 15औं स्थापना दिवस आज धुमधामले पालन गरयो भने सोही कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित रहेका गोर्खा जनमुक्ति मोर्चा अनि जीटीए अध्यक्ष विनय तामाङले विद्यार्थीहरूलाई राजनीतिमा आउने आह्वान गरेका छन्। यसका साथै उनले दार्जीलिङको सुनौलो भविष्य विद्यार्थीहरूकै हातमा देखेको पनि बताए। उनले दार्जीलिङ पहाडलाई समृद्ध, विकसित अनि असल बनाउनको लागि शिक्षित जमात राजनीतिमा आउनुपर्छ भन्ने आह्वान गर्दै पहाडबासी जनताले आफ्नो सोंच र मानसिकतामा परिवर्तन ल्याउनुपर्ने बताए।
आज घूम-जोरबङ्लो डिग्री कलेजको 15औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा नै तामाङले भने-दार्जीलिङ पहाडको भविष्य विद्यार्थीहरूकै हातमा देखेको छु। यसैले पहाडका विद्यार्थी वा शिक्षित जमात दार्जीलिङ पहाडलाई राम्रो बनाउन अघि आउनुपर्छ। दार्जीलिङको अवस्था यस्तो हुनुमा पनि शिक्षित जमातले राजनीतिमा रूची नराख्नु हो। देश चलाउने सबै राजनैतिक नेताहरू शिक्षित छन्, तर दार्जीलिङको स्थिति ठीक उल्टो छ। यहाँको शिक्षित समुदाय राजनीतिबाट पर भाग्ने गर्छन्, राजनीतिमा आउन चाहँदैन। तर दार्जीलिङ पहाडलाई राम्रो र समृद्ध बनाउनु हो भने शिक्षित जमातले राजनीतिमा खुट्टा हाल्नैपर्छ, उनले पुनः आह्वान गरे।
उनले घूम-जोरबङ्लो डिग्री कलेजले 15 वर्ष पूर्ण गरेकोमा कलेज प्रशासन पक्षलाई बधाई दिंदै यस कलेजलाई आजको स्थितिमा ल्याउन कलेजका प्राचार्य मिलन तामाङले दिएको योगदानको पनि सराहना गरे। यसैबीच, उनले यस कलेजलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग पुर्याउने पनि वचन दिए। उनले राजनीतिमाथि नै वक्तव्य पेश गर्दै एक वर्षअघिका घट्नाहरूले आफूलाई आज पनि विचलित बनाइरहेको जनाए। गत वर्ष आजको दिन म लगभग एकलो थिएँ, तर आज त्यसको ठीक विपरीत स्थिति छ। यसैले ती दिनका यादहरूले मलाई विचलित बनाइरहेको छ।
यसै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दार्जीलिङका विधायक अमरसिंह राईले यस कलेजको स्थापना कुन अवस्थामा गर्नपरेको थियो भन्ने ऐतिहासिक तथ्य प्रस्तुत गर्दै मिलन तामाङ जस्ता दक्ष प्राचार्यको कारण नै यस कलेजले विकास गर्दै गइरहेको पनि बताए। उनले भने-यो कलेज स्थापना हुनअघि दार्जीलिङका कलेजहरूमा भर्नाको व्यापक समस्या हुने गर्थ्यो। यसैले दार्जीलिङमा अझै एउटा नयाँ कलेज स्थापना गर्ने सोंच तयार भएको थियो। जसमा आरकेएसपी स्कूलका पूर्व प्रधान अध्यापक कमलचन्द्र राई, दार्जीलिङ सरकारी उच्चत्तर विद्यालयका पूर्व शिक्षक काशीनाथ शर्मा आदिको पनि महत्वपूर्ण योगदान छ। उनीहरूको योगदान र पहलमा नै तत्कालीन दागोपापले कलेज स्थापना गर्नको लागि जोरबङ्लोको यो स्थान प्रदान गरेको हो। यसका साथै उनले पनि यस कलेजलाई वर्तमान स्थितिमा ल्याउनमा प्राचार्य मिलन तामाङको कठोर परिश्रम र योगदान रहेको पनि बताए।
कलेजको तर्फबाट धन्यबाद ज्ञापनको क्रममा प्राचार्य डा. मिलन तामाङले घूम जोरबंगलो कलेजले हरेकक्षेत्रमा विद्यार्थीहरूलाई अघि बड़ाउन प्रयासरत् रहेको बताए। विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको साथसाथै हरेकक्षेत्रमा नै अब्बल बनाउने ध्येयले कलेजले अहिलेसम्म कार्य गरिहेको बताउँदै डा. तामाङले कलेजलाई आजको स्थितिमा पुराउन विशेष भूमिका निर्वाह गरिरहेका सम्बन्धित निकाय अनि सबै सहयोगीहरूलाई पनि आभार गरे भने भविष्यमा अझ प्रतिवद्ध अनि कटिवद्ध रहेर कार्य गर्ने पनि उनले बताए।
आफ्नो 15 औं स्थापना दिवसको अवसरमा कलेजले समाजलाई विभिन्न क्षेत्रमार्फत टेवा पुराइरहेका आफ्ना भूतपूर्व विद्यार्थीहरूलाई सम्वर्द्धना जनाएको थियो भने महाविद्यालयलाई संकटग्रस्त अवस्थाबाट उकासेर अहिले व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका वहन गरेको भन्दै जीटीए अध्यक्ष विनय तामाङ, जीटीए शिक्षा विभाग प्रभारी अमरसिहँ राईलाई पनि सम्वर्द्धना जनाएको थियो। यसबाहेक विभिन्न महाविद्यालयहरूबाट आएका प्राचार्य एवं अन्य सामाजिक, राजनैतिक व्यक्तित्वहरूलाई पनि कलेजले मोमेन्टो प्रदान गरयो।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles