Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

विमल र मनले दिए शहीदहरूलाई श्रद्धाञ्जलि

$
0
0
Bimal Gurung Mann Ghisingh tribute
दार्जीलिङ निवासी लक्ष्मी सुब्बा (53), पूर्णिमा राई (82), सीमा मोक्तान (45) र आइतुमाया गुरूङ (62)-ले एकसाथ ज्यान गुमाएको आज एक वर्ष पूर्ण भयो। दार्जीलिङ पहाड बन्दको अवधि यी साई समितिका सदस्यहरू दुर्गम क्षेत्र धोतरिया वन बस्तीमा राहत सामग्री पुर्याउन गएका थिए अनि त्यहाँबाट फर्किने क्रममा मानेभञ्ज्याङ नजिक सडक दुर्घट्नामा परी उनीहरूको विभत्स मृत्यु भएको थियो। जसको स्मरणमा आज गोजमुमोका भूमिगत नेता विमल गुरूङका साथै गोरामुमो अध्यक्ष मन घिसिङले अलग-अलग प्रेस बयान जारी गरेर शोक व्यक्त गरेका छन्।
गोजमुमोका भूमिगत नेता विमल गुरूङले एक प्रेस बयान जारी गरेर भनेका छन्-आफ्नै माटोमा आफ्नै चारकुनै आँगनको सपना देख्नेहरूले यो माटोको निम्ति विभिन्न प्रकारले बलिदान दिएका छन्। गोर्खाल्यान्ड आन्दोलनको इतिहासमा त्यस्ता सबै बलिदानहरू स्वर्ण अक्षरले लेखिनेछन्। अहिले राज्य सरकार र उसको पैसा अनि इशारामा चल्नेहरूले गोर्खाल्यान्डको आन्दोलनलाई बिथोल्ने काम जति नै गरे पनि बलिदानी अनि ती शहीदहरूको सपना अवश्यै पूरा हुनेछ। आजभन्दा ठीक एक वर्षअघि आजकै दिन पहाडमा 97औं दिनको बन्द चलिरहेको थियो, त्यसै समय दार्जीलिङबाट साई समितिका सदस्यहरू राहत सामग्री पुर्याएर फर्किंदा गाडी दुर्घट्नाग्रस्त भएको थियो। गोर्खाल्यान्डको निम्ति समर्पित जनताको खाद्यान्नको चिन्ता गरेर गरिएको उक्त महान काममा उनीहरूले ज्यान गुमाउनु परेको थियो। जसलाई बलिदानी इतिहासको एउटा अमेट पन्ना मानेर राखेका छौं। आज एक वर्ष पूर्ण भएको अवसरमा गोजमुमो केन्द्रिय समितिले उनीहरूको आत्मशान्तिको कामना गर्छ, उनको प्रेस बयानमा उल्लेख गरिएको छ।
यसरी नै गोरामुमो अध्यक्ष मन घिसिङको पक्षबाट पनि एक प्रेस बयान जारी गर्दै गोरामुमो मीडिया सेल प्रभारी दिनेश साम्पाङले भनेका छन्-गत वर्ष आजकै दिन गाडी दुर्घट्नामा परेर ज्यान गुमाउनेहरूको आत्मशान्तिको लागि गोरामुमो परिवारले शोक प्रकट गरेको छ। उनीहरू जुन महान कार्यको लागि रिम्बीक नजिक धोतरिया क्षेत्र गएका थिए, उनीहरूको त्यो योगदानलाई कसैले भुल्नु हुँदैन। यसरी नै शोक सन्तप्त परिवारलाई बज्रपात सहन गर्ने ईश्‍वरले शक्ति प्रदान गरून् भन्ने पनि गोरामुमो परिवारले कामना गरेको छ।

http://pratibymba.com/

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images