Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

विभिन्न स्थानहरुमा विश्वकर्मा पुजा पालन

$
0
0
Vishwakarma Puja 2018 at Trisuley fatak Mungpoo
आज विश्वकर्मा पुजाको अवसरमा मङपुका विभिन्न क्षेत्रहरुमा पनि धुमधामको साथ विश्वकर्मा पुजा पालन गरियो | बिशेष गरेर यहाँको ७४ धुरा स्थित अगमसिंह गिरी विधालय प्रांगणमा दाल्जोर कन्स्ट्रक्सन कम्पनीको आयोजनामा भब्य पुजाको आयोजना गरिएको थियो भने यसै पुजामा लाब्दा भेकका सम्पूर्ण यान बहानका मालिक तथा चालकहरुले आफ्नो बहानको पुजा गराएका थिए भने कम्पनीले यसै पुजामा आफ्नो मशिनहरुको पुजा गराए | यसरी नै रङबी विभाग अन्तर्गत त्रिसुले फाटकमा त्रिसुले फाटक समितिले पनि भब्य पुजा आयोजन गरे झन यस विभाग साथै मङपु मोटर्स चालक संगठनका मालिक अनि चालकहरुले बहानको पुजा गराए | यता विधुत विभाग कार्यलयमा पनि उक्त पुजा आयोजन गरिएको थियो यसको साथै मङपु सिन्कोना बगान अधिनस्थ विभिन्न लोहारखानतिर पनि बाबा विश्वकर्माको पुजा गरियो | यी बाहेक रेशेप बजार साथै विभिन्न ठाउँहरुमा व्यक्तिगत साथै सार्वजनिक रुपमा विश्वकर्मा पुजा पालन गर्दै आफ्नो दैनिक कामकाजमा चलाइने हतियार साथै यन्त्र आदिको पुजा गरिएको थियो ||

Viewing all articles
Browse latest Browse all 3853