Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा विभागको समस्याहरुलाई लिएर सभासदसित भेटवार्ता

$
0
0
Gorkha Janmukti Morcha Labdah Sakha
मङपू लाब्दा समष्टि अन्तर्गत यहाँको लाब्दा विभागमा गोर्खा जनमुक्ति मोर्चाको शाखाले विभागको विविध समस्याहरु लिएर मङपू लाब्दा समष्टि सभासद रतन कुमार थापासित भेटवार्ता गर्यो | त्यसै पनि मङपूको लाब्दा विभाग सबै भन्दा पछौटे विभाग मानिलिन सकिन्छ भने यसरी पछौटे पर्नुको कारणहरुमा यहाँका जनतालाई अझसम्म चाहिँदो सुविधा अनि सहुलियतहरु पाउनदेखि बन्चित रहेकोलाई मान्न सकिन्छ | यसैले जनताको आपूर्तिलाई नजरमा राख्दै मोर्चा लाब्दा शाखाका पार्टी पदाधिकारीहरुले समष्टि सभासद रतन कुमार थापालाई एउटा भेटवार्ता कार्यक्रम आयोजन गर्दै समस्या समाधानको माग गरेको छ | लाब्दा शाखा सभापति देबेन्द्र राईको सभापतित्वमा बसेको कार्यक्रमलाई मोर्चा लाब्दा शाखा सचिव दिपेन योन्जनले संचालन गरेका थिए | भूतपुर्ब प्रधान अध्यापक डीएस प्रधानले समस्याहरुको सुची पठन गर्दै शुरु भएको कार्यक्रममा सभासद संगै मोर्चा मङपू लाब्दा समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा, शाखाका युनियन पदाधिकारी लगायत हरेक गाउँबाट नेतृत्ववर्ग उपस्थित थिए |
मङपूको लाब्दा विभाग मात्र एउटा यस्तो विभाग हो जहाँ नालीडांडा देखि जोगिघाट जाने एउटा मात्र पीएमजीवाइएसको सडक निर्माण गरिएको छ जो विभागको गाउँहरुदेखि माथि – माथि भएर गएको छ जसले गर्दा प्राय: जसो जनता शुभ – अशुभ कार्यमा बाटोको समस्यादेखि अछुन्न बन्न सकेको छैन, विधार्थी, मजदुर, कर्मचारीहरुदेखि लिएर साधारण जनता समेत द्दैनिक धेरै किलोमिटर हिडेर आफ्नो गन्तब्यमा पुग्न पर्ने बाध्यता रहेको छ | यसैले मोर्चा शाखाको पक्षबाट लाब्दा विभागका जनताहरुको असुविधालाई हेरेर गाउँ गाउँ पस्ने सडक, हरेक हिउँदोमा हाहाकार हुने पानीको समस्यालाई समाधान गर्न विभागलाई नै पुग्ने ठुलो ट्यांकी निर्माण गरिदिनु पर्ने, पानीको श्रोत रहेको झोडा नाला सफा गरिदिनु पर्ने, सामाजिक कार्यक्रमहरु गर्ने एउटा सार्वजनिक भवन साथै कृषि उत्पादनलाई ध्यानमा राख्दै विभिन्न प्रकारको खेतीपाती गर्नलाई तालिमको व्यवस्था मिलाईदिनु पर्ने, गाउँका गरीब जनताहरुको समस्यालाई विचारेर हाम्रो घर योजनाबाट उनीहरुको घर निर्माण गरिदिनु पर्ने जस्ता मागहरु सभासदलाई राखेको छ | अन्तमा सम्पूर्ण समस्याहरुलाई निर्क्योल गर्दै सभासद थापाले समस्या समाधान गर्ने सम्बन्धित विभागहरुसित कुरा गर्दै चाडै समाधानको पहल गरिदिने बचन दिएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles