Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

नवदीप परिवारले गर्यो सडक मर्मति

$
0
0
Labdah to Jogighat road near Gram Sevak Primary school
त्यसै पनि जीर्ण अवस्थामा पुगिसकेको नालीडाँडादेखि लाब्दा ग्राम सेवक प्राथमिक पाठशालासम्मको बाटो बर्तमान बर्खे भेल सहेर झनै ठाउँ ठाउँमा गाडी कुदाउन धरि मुस्किल पर्ने अवस्थामा पुगिसकेको छ | यस्तैमा शिव मन्दिर छेउ अनि ग्राम सेवक प्राथमिक पाठशाला माथिको सडकको अवस्था एकदमै सोचनीय थियो जसले गर्दा दिनहुँ विधार्थी, दुध, बिमारी आदि बोकेर गुड्ने लाब्दा अनि सिटोङका वहानहरुलाई यी ठाउँहरुमा गाडी चडाउन खुबै मुस्किल परेकोले अनि समबन्धित विभागबाट मर्मतिको कार्य अझ हुन नसकेको अवस्थामा लाब्दा विभागकै समाज नवदीप परिवारले उक्त बाटो मर्मति गर्न अघि आयो | गत २० अगस्तको दिन यस समाजका सदस्यहरुले बिहान ९ बजेदेखि बेलुकी पाँच बजेसम्म लगाएर खाल्डो परेको बाटोलाई सिमेन्ट, बालुवा लगाएर ढलाई गरेको छ | जसले गर्दा हालमा यात्री साथै वहान चालकहरुले केही शान्तिको सास फेरेको छ | बाटो मर्मति गर्ने पहल समाजले गर्ने पनि यसलाई सफलीभूत पार्न लाब्दा विभागका दिब्या बोम्जनले १० बेक सिमेन्ट, बलदेव मुखियाले दिनभरिको निम्ति पिकअप भ्यान सघाए भने लाब्दा अनि सिटोङका चालकहरुले दिनभरी काम गर्नेहरुको निम्ति खानाको खुवाउन १४५० रुपियाँ सघाएर समाजको पहललाई थप सहयोग पुराएको नवदीप परिवार सचिव प्रणय राईले बताएको छ भने ती सम्पूर्ण सहयोगीहरु प्रति कृतज्ञता पनि प्रकट गरेको छ | यसको साथै सचिव राईले वर्खाको समयमा बाटोको किनारमा घर हुनेहरुले नाली छोप्ने गरि घर बनाएको, गिटी, बालुवा, इटा आदि थुपारेकोले पनि पानी बग्ने ड्रेन बन्द भएको कारण सबै भेल सडकमा बग्ने गरेकोले सडकको अवस्था बेहाल बनेको जानकारी गराउंदै सबैको हितार्थ यस्ता कार्यहरुमा हरेक नै सचेत भइदिने पनि निवेदन गरेको छ || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles