Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

ज्ञानपीठ विधालयमा भाषा मान्यता दिवस पालन

$
0
0
Nepali Language recognisation day
स्थानीय रङबी ज्ञानपीठ उच्चतर माध्यमिक विधालयमा नेपाली भाषा मान्यता दिवस कार्यक्रम प्रधान अध्यापक बीके गुरुङको अध्यक्षतामा विधालयकै पेक्षा गृहमा सम्पन्न भयो | शिक्षिका दिपा मोक्तानले भाषा मान्यता सम्बन्धि एक रोचक तथ्यपूर्ण वार्ता प्रस्तुत गरिन | भाषा संग्रामी पूर्वजहरुको योगदान बारे चर्चा साथै उहाँहरु प्रति कृतज्ञता प्रकट गरियो | नवौ अनि दशौँ श्रेणीका विधार्थीहरुद्वारा कविता प्रस्तुत गरियो भने कार्यक्रममा विधार्थीहरु माझ नेपाली शब्दार्थ, नेपाली वाक पध्व्तीको अर्थ बारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो अनि सही उतर दिने विधार्थीलाई पुरस्कृत पनि गरियो | शिक्षकवर्गबाट अजय स्याङबो अनि जगत राईले कविता वाचन गरे भने शिक्षक कन्चन राईले नेपाली भाषाको बिशालता बारे प्रकास पार्दै कार्यक्रमलाई सम्बोधन गरे | नेपाली भाषाको मान्यतापुर्व नेपाली भाषाको अवस्था बारे र त्यसबेला भोग्नु परेको कठिनाइ, असुविधा बारे सभाध्यक्ष बीके गुरुङले जानकारी दिएका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles