Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

शिवकुमार राई शतवार्षिकी समारोह सम्पन्न

$
0
0
Shiva Kumar Rai Birth Anniversary celebrated in mungpoo
मङपु साहित्य संस्थानको आयोजनामा यहाँको सरस्वती विधालय प्रांगणमा शिवकुमार राई शतवार्षिक समारोह सम्पन्न भयो | संस्थानकै अध्यक्ष एके गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पदम बराइलीद्वारा भजन, डल्फिन एकडेमीद्वारा नृत्य, शरद रावतद्वारा कविता प्रस्तुत गरेका थिए भने कार्यक्रमको मुख्य आकर्षणको रुपमा अन्तरविधालय माझ वाक प्रतियोगिता पनि सम्पन्न भयो जसलाई प्रमुख निर्णायक उर्मिला घिसिंगको साथमा डिकु मुखिया, क्षेत्रप्रेम मुखिया, लिला छेत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने सन्त मंगल एकाडेमी, हिल एन्जल्स एकाडेमी, गुड स्टार्ट एकाडेमी, अगमसिंह गिरी विधालय, सरस्वती उच्चतर माध्यमिक विधालय, ज्ञानपीठ विधालय, शारदा विधालयका १३ जना विधार्थीहरुले अंशग्रहण गरेका थिए | जुन प्रतियोगितामा सरस्वती विधालयका रीतिका छेत्री प्रथम, दोश्रो गुड स्टार्ट एकाडेमीका अभिषेक राई, तेश्रो ज्ञानपीठ विधालयका सलोनी राई अनि चौथो प्रनिषा रामुदामु हिल एन्जल्स एकाडेमी छनौट भएका थिए |
Saraswati Higher Secondary School Headmaster Incharge Chandrakala Rai
कार्यक्रम अवधि तारा लोहारले शिवकुमार राई शतवार्षिकी मनाउनुको उदेश माथि वार्ता प्रस्तुत गरे भने सरस्वती विधालय शिक्षिका प्रभारी चन्द्रकला राईले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए | विशोर कार्की अनि दीप थापाले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरस्वती उच्चतर विधालय शिक्षिका प्रभारी चन्द्रकला राई, विशिष्ट अतिथि तारा लोहार लगायत उर्मिला घिसिंग, डिकु मुखिया, क्षेत्रप्रेम मुखिया, लिला छेत्री, समल कार्की, रवी राई, आसमान राई, प्रकाश चन्द्र राई, रुपाश बोम्जन, बिन्ध्या गोतामे, सुभद्र बोम्जन, मन्जित थापा, दिलिप शर्मा, जगत राई, शरद रावत आदि उपस्थित रहेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles