Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा ७२ औं स्वतन्त्रता दिवस पालन

$
0
0
Chief guest RB Lama Gorkhaland Territorial Administration BOA PRO addressing Independence Day programme 2018 Mungpoo
देशका अन्य स्थानहरुमा झैँ मङपुमा पनि मङपु खेलकुद संघको आयोजनामा भारतको ७२ औं स्वतन्त्रता दिवस खुबै हर्सोल्लासको साथ पालन गरियो |  भूतपूर्व प्रधान अध्यापक डीएस प्रधानको सभापतित्वमा सम्पन्न स्वतन्त्रता दिवस कार्यक्रमका प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए पीआरओ आरबी लामाको बाहुलीबाट झन्डोत्तलन गरिएको थियो | मङपु खेलकुद संघ महासचिव राम पोख्रेलले स्वागत सम्भाषण राखेको कार्यक्रममा हिल एन्जेल्स एकाडेमीका विधार्थीहरुले राष्ट्रीय गीत गाए | यसरी नै कार्यक्रममा हिल एन्जेल्स एकडेमी अनि गुड स्टार्ट एकडेमीका विधार्थीहरुले ड्रील प्रदर्शन गरेका थिए भने गुड स्टार्ट एकडेमी, सेन्ट एन्थोनी स्कूल, सन्त मंगल एकाडेमी, अगम सिंह गिरी स्कूल, सरस्वती उच्चतर माध्यमिक विधालय, शारदा विधालय, लाब्दा एमएसके आदि विधालयका विधार्थीहरुले नृत्य प्रस्तुत गरे |
Guests on the Stage at Independence Day programme Mungpoo 2018
मंचमा उपस्थित अतिथिहरु
कार्यक्रम अवधि सरस्वती विधालयका रोमीका छेत्रीले कविता वाचन, राहुल छेत्रीले वाध्य धुन, गुड स्टार्ट एकडेमीले गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई अझ रोचक बनाएका थिए | सरस्वती उच्चतर माध्यमिक विधालय शिक्षक विशोर कार्कीद्वारा संचालित कार्यक्रमको उतरार्धमा बिशेष आकर्षणको रुपमा लात्ते भकुण्डो प्रतियोगिता सम्पन्न भयो जसमा पहिलो म्याच प्राथमिक शिक्षक बनाम उच्चतर विधालय शिक्षक माझ मैत्री खेल सम्पन्न भयो | यही लहरमा विगत केही दिनदेखि सम्पन्न भइरहेको अन्तर विधालय लात्ते भकुण्डो प्रतियोगिताको चुडान्त खेल अन्तर्गत सरस्वती उच्चतर माध्यमिक विधालय बनाम शारदा विधालय माझ घमासान खेल सम्पन्न भयो दुवै दल बिचको कठोर परिश्रम र उत्कृष्ट प्रदर्शिनीमा अन्तमा सरस्वती उच्चतर माध्यमिक विधालयको एक गोलले शारदा विधालयलाई हार स्वीकार गर्न बाध्य परेको थियो | यसरी नै सिनियर म्याचमा मङपु भलिबल क्लबको सामना सिम्ले युनाइटेड बोइस क्लबसित भयो जुन खेलमा अन्तमा लगातार गोलको सामना गर्दै सिम्ले युनाइटेड बोइस क्लब पराजय दल बन्न पुग्यो | मङपु खेलकुद संघको आयोजनामा देशको ७२ औं स्वतन्त्रता दिवस भब्य रुपले पालन गर्दा गर्दै पनि यस पर्वको मुख्य आकर्षण परेड भने मङपु जन मैदानमा देख्ने अवसर मिलेन | यता यही पर्वलाई पालन गर्दै नालीडाँडा ब्यापारी संगठनले नालीडाँडा, सरस्वती अनि अन्य विधालयले आआफ्नो विधालयमा, भूतपूर्व सैनिक संगठनले संगठनको कार्यलय प्रांगण अनि बजारका अन्य स्थानहरुतिर पनि देशको त्रिरंगा झण्डा उत्तोलन गर्दै १५ अगस्त तथा स्वतन्त्रता दिवस पालन गरेको थियो ||

Dance performance at Independence Day Mungpoo 2018
Drill display at Independence Day 2018 in Mungpoo


Viewing all articles
Browse latest Browse all 3853

Trending Articles