Quantcast
Viewing all articles
Browse latest Browse all 3853

पर्यावरण सम्बन्धि एशोसिएसनको सभा

गत आइतबार लाब्दा विभाग अन्तर्गत पेरूप बस्ति समाज घरमा ट्राइबल वेलफेयर एशोसिएशन लाब्दाको सभा लेण्डप लेप्चाको अध्यक्षतामा सम्पन्न भयो | संस्थाका मूल सचिव सुरेन पाख्रिनले सभा डाक्नुको उदेश्य गाउँका विधार्थी नानीहरुलाई पर्यावरण संरक्षण अनि यसको विकाशमा सचेत गराउनु साथै यसप्रति उत्साह दिनु रहेको बताए | बर्तमान समयमा ग्रामीण पर्यटनको अति महत्व बढेर गइरहेकोले यस प्रति गाउँलाई स्वच्छ र सुन्दर बनाउन प्रथम कर्तब्य रहेको पनि पाख्रिनले जनाए | तिनले यस क्षेत्र जैव विविधता भएको क्षेत्र रहेकोले यदि यहाँ संस्कृति संगै पर्यावरणको विकाश प्रति मानिसले ध्यान दिएमा भविष्यमा आय आर्जनको प्रसस्त सम्भावना हुने कुरामा विश्वास व्यक्त गरे |
सम्बोधनमा छ्युतेन लेप्चाले पनि गाउँलाई स्वच्छ र सुन्दर बनाउन पर्ने कुरोमा जोड दिंदै आफ्नो पूर्ण सहयोग रहेको बताए | तर गाडीको बाटोको व्यवस्था नभएकोले यहाँका जनताले समस्या भोग्न परिरहेको गुनासो पनि पोखे | सभापति लेन्डुप लेप्चाले आफ्नो पालामा जे जति गर्न सकियो अबको पुस्ताले पनि आफ्नै जमाना अनुरुप जीवन शैली अपनाउदै लानुपर्ने सुझाव दिएका छन् | गाउँलाई सुन्दर पार्न वरिपरि जंगललाई संरक्षण दिनुपर्ने कुरामा जोड दिंदै यदि यसो गरेमा विभिन्न प्रजातिका चरा चुरुंगी, किरा फट्यांग्रा आदि आकर्षित भइ आउने आफ्नो अनुभव व्यक्त गर्दै सबैलाई यसको निम्ति सचेत हुने आह्वान गरे | सभामा पर्याप्त उपस्थिति भएको थियो साथै अन्तमा सामाजिक भवन वरिपरि फूल रोपन कार्य गाउँकै उपस्थित विधार्थीवर्गले गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles