Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

पर्यटन मन्त्री गौतम देवद्वारा सिन्कोना अर्किड हाउसको परिभ्रमण

$
0
0
Tourism minister gautam deb in Cymbidium orchid park mungpoo
राज्यका पर्यटन मन्त्री गौतम देवले आज सिन्कोना बगानको अर्किड हाउस परिभ्रमण गरे | मङपुलाई पर्यटनको मानचित्रभित्र समेट्न सरकारले पहल गरिरहेको जनाउदै जीटीए अनि राज्य सरकारको सयुक्त प्रयासमा मङपूमा विभिन्न विकासमुलक कार्यहरु गर्ने मन्त्री देबले बताए | यसरी बिश्व कवि रबीन्द्रनाथ  टेगोर आएर बसेको भूमि मङपू सुरेल बंगलोमा १९८६  सालको आन्दोलनमा असामाजिक तत्वहरुले जलाएको थियो भने त्यसलाई पुन उद्दार गर्न एवं नयाँ भवनको निर्माण गर्ने सरकार तत्पर रहेको मन्त्रीले भ्रमण अवधि बताए | मङपू मेडिकल हब मात्र नभएर अब चाडै नै एडुकेसन हब बन्न गईरहेको छ भने मङपूमा  निर्माण हुन लागेको बिश्व विद्यालय अनि निर्माण हुदै गरेको आईटीआईको शिलान्यास  गर्न राज्यका मुख्यमन्त्री मङपू आउने कुनै योजना रहेको छ कि भन्ने पत्रकारको प्रश्नमा  उनले यस बिषयमा केही बताई हाल्न नसकिने जनाए | हालैमा राज्य सरकारको पक्षबाट मङपूमा रबीन्द्र गेस्टहाउस निर्माण हुन लागिरहेको छ भने सिन्कोना निर्देशालयको पक्षबाट अर्किड हाउसलाई सुन्दर बनाउन राज्य सरकार कहाँ प्रपोजल पठाएको कुरा सिन्कोना बगान निर्देशक डा.सामुएल राईको छ | सिन्कोना निर्देशक  डा.सामुएल राईले  मङपू रबीन्द्र भवन लाई २०१६ सालमा नै  सरकारले  राज्यको हेरिटेजको रुपमा घोषणा गरिसकेको बताउदै  सुरेल बगलो नवनिर्माण गर्न अनि  हेरिटेजमा गाभ्न सिन्कोना निर्देशालयले जीटीए मार्फत राज्य सरकारलाई प्रपोजल पठाई सकेको तर हाल सम्म सरकारबाट कुनै प्रतिउत्तर नआएको उनले जनाए | राज्यका पर्यटन मन्त्री गौतम देव बुधबार गुरुदेवको पुण्यतिथि पालन गर्न मङपू आएका थिए भने हिज यहाँको निर्देशालय भवनमा  बसेर  आज सिन्कोना बगान निर्देशक डा.सामुएल राई, मङपु सिन्कोना बगान व्यवसथापक गोपाल लामिछाने हेडक्वाटर म्येनेजर मदन मुखिया साथमा सिन्कोना बगानको विभिन्न क्षेत्रको परिभ्रमण गरेर सिलगडी तर्फ फर्किए |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles