Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा रबीन्द्रनाथको ७८ वा पुण्यतिथि पालान, संग्राहलयलाई धरोहरको दर्जा दिने पहल

$
0
0
Gautam deb, Binay Tamang at Rabindranath 78 death anniversary mungpoo
मङपू स्थित रबीन्द्र नाथ संग्राहलयमा  सुचना एव संस्कृति विभागको तत्वधानमा आज गुरुदेवको ७८वा  पुण्यतिथि पालन गरियो | कवि गुरु रविन्द्रनाथले आफ्नो जीवनकालमा यसै स्थानमा बसेर विभिन्न रचनाहरु रचेकोले पनि यो स्थानको बिशेष महत्व राख्दछ | यही कार्यक्रममा सहभागिता दिन आएका प्रमुख अतिथि पर्यटन मन्त्री गौतम देबले यस संग्राहलय क्षेत्र कवि गुरु रबीन्द्रनाथसित सम्बन्धित ऐतिहासिक स्थान रहेकोले यसलाई पश्चिम बङ्गालको धरोहरको दर्जा दिलाउने दिशामा कोशिश गरिरहेको जनाए | तिनले मङपुमा युनिभर्सिटीको पनि निर्माण हुनगइरहेको बताउँदै आज तिनले जीटीए चेयरमेन बिनय तामांगसित यस क्षेत्रको धरोहर सौन्दर्यलाई अझ जगेरा गर्दै पर्यटनको योजनाहरु तयार गर्ने कुरो भएको बताए जसको निम्ति धरोहर विभागसंग सम्बन्धित अधिकारीहरुसित कुरा भइरहेको तिनले बताए |
यसै अवसरमा जीटीए बीओए चिफ बिनय तामांगले केही दिनअघि बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जीले क्याबिनेटमा स्टेट युनिभर्सिटी पास गरिदिएकोले सिन्कोना अनि विश्वकवि रबीन्द्रनाथको पाइला परेको ऐतिहासिक मङपु क्षेत्र अझ मलिलो भएर जाने बताउँदै यो मङपुको निम्ति मात्र होइन तर सम्पूर्ण पहाडकै निम्ति खुशीको कुरा रहेको बताए जसले गर्दा अब केही वर्षभित्रमा यो क्षेत्र एजुकेशनल हब हुनगइरहेको पनि तामांगले बताएको छ | हामीले बारम्बार युनिभर्सिटी मागिरहेका थियौं, मुख्यमन्त्री ममता ब्यनार्जीलाई आफू स्वयले पिन्टेल भिलेजमा नोभेम्बर २१ तारिखको दिन कुरा गरेको हुँदा तिनले यति छोटो समयभित्र पहाडलाई ठुलो उपहार दिएको छ जसको निम्ति सम्पूर्ण पहाडको पक्षमा मुख्यमन्त्रीलाई आभार प्रकट गर्दछौं | मङपुको गरिमालाई बचाइराख्ने कर्तब्य सम्पूर्ण मङपुबासीको पनि हो यसैले यस क्षेत्रलाई प्रगतिको दिशौन्मुख गराउन हामी सबै मिलेर काम गरेको हुनपर्छ | मैले मन्त्री गौतम देबसित यहाँको सुरेल बङलो र रबीन्द्र संग्राहलयलाई धरोहर पर्यटनको दर्जा दिंदै बङ्गाल मात्र होइन तर सम्पूर्ण विश्वलाई नै यस ऐतिहासिक क्षेत्र चिनाउने दिशामा काम गर्ने कुरा पनि गरेको छु जसको निम्ति बङ्गाल साथै जीटीएको पक्षबाट पहल हुनेछ, तामांगले थप बताए |
सिन्कोना निर्देशकले डा० सामुयल राईले पनि आफुहरुले पनि जीटीएको अनुमति लिएर सुरेल बङलो अनि रबीन्द्र संग्राहलयलाई धरोहरको दर्जा दिलाउने दिशामा हेरिटेज कमिशनमा कुरा गरेको बताए | यसरी धरोहरको दर्जा दिलाउंदै भविष्यमा यस संग्रहालयलाई उच्च स्तरीय संग्राहलय अनि सुरेल बङलोलाई पुन: नयाँ बङलो बनाउने योजना रहेको पनि निर्देशक राईले जनाए |
कार्यक्रममा जीटीए सुचना एवम संस्कृतिक विभागबाट हिरा रसाइलीले रबीन्द्र संगीत, लिम्बु बोर्डबाट नृत्य साथै सिलिगुडी अनि कोलकाताका कलाकारहरुबाट पनि रबीन्द्र संगीत प्रस्तुत गरिएको थियो |
परमिता दास गुप्तले संचालन गरेको पुण्यतिथि कार्यक्रममा सुचना एवम सांस्कृतिक विभागअधिकारी जगदीश चन्द्र रोय, एडीएम दार्जीलिंग मयुरी बसु, सिन्कोना हेडक्वाटर म्यानेजर मदन मुखिया, संग्रहालयका शिशिर रावत, सदुमा गोले, बुद्ध कुमार मोक्तान लगायत अन्य अन्याको उपस्थित रहेका थिए |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles