Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा शहीद दिवस पालन

$
0
0
Shaheed Diwas in Mungpoo bus stand
भारतीय गोर्खाहरुको अन्तिम चिरस्थायी बन्दोबस्त गोर्खाल्याण्ड राज्य निर्माण गर्ने होडमा आफ्नो प्राणको आहुति दिने विगत १९८६ देखिको २०१७ सालसम्मका सम्पूर्ण गोर्खा शहीदहरुका बलिदानलाई स्मरण गर्दै आज समस्त दार्जीलिंग पहाडमा शहीद दिवस पालन गर्दै शहीद आत्मालाई श्रधान्जली अर्पण गर्ने कार्यकम भयो | यही लहरमा यता मङपु क्षेत्रमा पनि गोर्खा जनमुक्ति मोर्चाको पहलमा बस स्ट्याण्डमा केही दिन अघि मात्र निर्मित शहीद वेदीमा लामाद्वारा विधिवत पुजा गर्दै खदा, माला अनि बत्ती बालेर शहीदहरुलाई श्रधान्जाली चडाए | धुमधाम कार्यक्रम नभएपनि शहीद दिवसको औपचारिकता मात्र पुरा गरिएको यस कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामाले आजसम्म शहीदहरुको सपनालाई साकार रुप दिन नसकिरहेकोमा खेद प्रकट गर्दै गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति हाम्रो निरन्तरता कायम रहे एकदिन अवश्य त्यो सपना पुरा हुनेछ भनी बताए | सम्बोधनमा लामाले बर्तमान ममता सरकारद्वारा शुरु गरिएको निजो जमीन निजो घर योजना अन्तर्गत ५ डेसीमल सरकारी जमीनको कागज पत्र प्राप्त गर्दै घर बनाउन पर्ने पहललाई सकारात्मक पहल बताए जुन योजना पहिलेको सरकारमा चासो बासो नामक योजना रहेको पनि जनाए | जुन योजना विगत १९५५ सालको पश्चिम बंगल जमीन सुधार कानुनको जमीन वितरण अनुसार समतलमा पहिले राजाको जमीनमा बस्नेहरुले सरकारबाट यही योजना अनुरुप आफ्नो जमीनको पक्की कागज पत्र पाइसकेको छ | यसैले सिन्कोना अनि चियाबारीबासीले पनि आफ्नो जगा जमीनको कागज पत्र पाउनलाई हामीले समितिहरु तयार गरिरहेका छौँ | जब शतप्रतिशत गोर्खाहरुले आफ्नो जगा जमीनको पक्की कागज पत्र प्राप्त गर्छ त्यसपछि मात्र गोर्खाहरुको सपना साकार हुनेछ नत्र भने अर्काको जमीनमा बसेर हामीले हाम्रो घर घडेरी माग्न सक्दैनौ, लामाले थप बताए |

कार्यक्रमलाई भूतपूर्व शिक्षक केबी गिरीले पनि सम्बोधन गरेका थिए | स्वतन्त्र, स्पष्टवादी केबी गिरी कुनै राजनैतिक दलको सदस्य नरहेर गोर्खा जाति उन्मुक्तिको एक सच्चा चिन्तक रहेको उदाहरण तिनले विगतमा अन्य राजनैतिक दलहरुको सभा मंचबाट पनि निर्धक गोर्खा जातीय सरोकारका कुराहरु बोलेर दिइसकेका छन् | आज पनि तिनले सम्बोधन गर्दै भने - छुट्टै राज्य गोर्खाल्याण्ड र छैटौं अनुसुचि माग्दा सिमानाको कुरा हुन्छ , सरकारसित झगडा गर्नु पर्छ जसले गर्दा गोर्खाहरुको सुरक्षा र चिन्हारीको सवाल यथावत रहिरहेको छ | यसैले सम्पूर्ण गोर्खाहरुको निम्ति जनजातिको दर्जा माग्न पर्छ | यो माग्दा न बङ्गाल सरकारसित झगडा गर्नपर्छ न नै कुनै सिमानाको कुरा हुन्छ | तिनले यस बाहेक यहाँको सरकारी अस्पताल अघि पार्किंगको व्यवस्था नभएकोले बिमारी ल्याउने लानेलाई असुविधा भइरहेको साथै छ्याङखोलामा एउटा पार्किंग स्ट्याण्ड बनाउन राजनैतिक दलहरुले पहल गर्न पर्ने पनि सुझाव राखे |
सुरेन्द्र थीङद्वारा संचालित कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सभापति एडवर्ड लेप्चा, सचिव गगन राई, युनियन मङपु जोन सभापति किशन बुडाथोकी, सरस्वती उच्चतर माध्यमिक विधालय शिक्षिका प्रभारी चन्द्रकला राई, बरिष्ठ व्यक्तित्व डीएस लोहार, लगायत पार्टीका विभिन्न शाखा प्रशाखा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ||   

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles