Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु साहित्य संस्थानले शिव कुमार राई जन्म शतवार्षिकी पालन गर्ने

$
0
0
Shiva Kumar Rai
मङपु साहित्य संस्थान कार्यलयमा संस्थानका सभापति एके गुरुङको सभापतित्वमा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो | सभमा मङपु साहित्य संस्थानका सचिव दीप थापा लगायत अन्य सदस्यहरुका चर्चा परिचर्चाले निष्कर्ष निकाल्दै आगमी १८ अगस्तको दिन मङपुमा भारतेली नेपाली लब्धप्रतिष्ठित साहित्यकार एवम बहुप्रतिभा सम्पन्न स्रष्टा शिव कुमार राईको जन्म शतवार्षिकी कार्यक्रम सम्पन्न गर्ने निधो गरेको छ | यस कार्यक्रम गर्नको निम्ति शिवकुमार राई जन्म शतवार्षिकी समारोह समिति खरसाङलाई पनि जनकारी गराइएको छ |

यही सभामा मङपुका प्रगतिशील लेखक, कवि विकाश गोतामे माथि चर्चा गर्दै आगमी २३ दिसम्बर मङपु साहित्य संस्थानको स्थापना दिवसको अवसर पारेर कवि विकाश गोतामेप्रति समर्पित विकाश गोतामे विशेषांक रहेको निषाद पत्रिकाको तेश्रो अंक पनि निकालिने निधो गरियो | आजको सभामा मङपु साहित्य संस्थानका सभापति एकके गुरुङ, सचिव दीप थापा, सह सचिव सुभद्र बम्जन, जगत राई, आशिषदीप राई लगायत अन्य उपस्थित थिए |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles