Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोना बगानमा जनमुक्ति पर्जा पट्टा संघर्ष समितिको जागरण अभियान शुरु

$
0
0
Extraction of cinchona bark by labour
दार्जीलिंग पहाडको सिन्कोना अनि चिया बगानबासीहरुले दीर्घ दिनदेखि आफ्नो जमीनको पर्जा पट्टा विषय लिएर भोगिरहेको समस्यालाई सुल्झाउने उदेश्यमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको आदेश अनुसार गत महिना जनमुक्ति पर्जा पट्टा संघर्ष समिति गठन भएको छ | जुन समितिले चिया बगान अनि सिन्कोना बगानबासीहरुको आफ्नो जमीनको मालिकना हक अथवा पर्जा पट्टाको माग लिएर सरकार बिरुद्ध आन्दोलन गर्ने निर्णय लिएको थियो | यसै समितिको सिन्कोना बिभाग केन्द्रीय समितिले पुर्वघोषित कार्यक्रम अनुसार आज १३ जूनको दिन मङपूको सम्पूर्ण सिन्कोना विभागहरुको गन्तीघरहरुमा प्राय: ४५ मिनट गन्ती जाम गर्दै श्रमिक – कर्मचारीहरुलाई पर्जा पट्टा किन आवश्यक छ भन्ने विषयमा जानकारी गराउंदै प्रारम्भिक जागरण अभियान शुरु गरेको छ | सन् १८६२ सालमा अंग्रेज द्वारा शुरु गरिएको औले ज्वरोको रामबाण औषधि बनाउने सिन्कोनाको ऐतिहासिक अनि बृहतम उद्ध्योगमा काम गर्ने मजदुर – कर्मचारीहरुको शताब्दी बितिसक्दा पनि आफ्नो जमीनको पर्जा पट्टा छैन, पक्की जमीन छैन | मानौ  सम्पूर्ण सिन्कोनाबासी नै यहाँ परोक्ष रुपमा शरणार्थी सरह जिन्दगी बाँचिरहेको छ | सरकारले चाहे कुनै पनि समय उठिबास लगाउन सक्ने अवस्थामा बाँचेर सिन्कोना बगानको सेवा गरिरहेको छ यहाँका बासिन्दाहरु | यसमाथि पनि हरेक वर्ष नै सिन्कोना बगानबासीहरुलाई चारैतिरबाट समस्याको घेरोमा बाँधेर ल्याउने सरकारी आदेशहरु जारी गरिन्छ कि सिन्कोनाबासी बसेको आफ्नो जमीनमा कुनै बिल्डिंग बनाउन नपाउने, जमीन किन बेच गर्न नपाउने, टोइलेट, गाइ गोठ या कुनै पनि नयाँ निर्माण गर्न चाहे सरकारी अनुमति लिन पर्ने जस्ता नयाँ नियमहरु लागु गरिएको छ | जसले गर्दा सिन्कोनाबासीहरु अब उसो बिल्डिंग बनाउन छोडेर झोपडी भन्दा ठूलो कुनै निर्माण गर्न नपाउने प्रतिबन्धमा बाँधिएको छ | पर्जा पट्टा देखाएर विभिन्न सहुलियत, ब्यांकहरुबाट एजुकेसन लोनहरु पाउने भएतापनि सिन्कोनाबासीहरुसित यही पर्जा पट्टा नहुँदा आफ्नो नानीहरुलाई कमानको तनखाले उच्च शिक्षा दिन असमर्थ हुन्छ | सिन्कोना बगानबासीहरुले शताब्दीदेखि भोगेर आएको यी समस्याहरुलाई समाधान गरेर भावी सन्तानलाई निर्धक जीउन सक्ने परिवेश निर्माण गर्न नै यस्तो पहल गरिएको सचिव गगन राई दातडुप्लालेयु सिन्कोना जोन एवम जनमुक्ति पर्जा पट्टा संघर्ष समिति सिन्कोना बिभाग केन्द्रीय समितिले बताएका छन् | आज सम्पूर्ण सिन्कोना विभागहरुमा पर्जा पट्टा संघर्ष समितिद्वारा शुरु गरिएको पहिलो चरणको आन्दोलन अनुरुप बगानबासीहरुलाई पर्जा पट्टाको अनिवार्यता बुझाउने काम भएको छ भने आउँदो दिनहरुमा केन्द्रीय समितिको बैठकले दोश्रो चरणको कार्यक्रम तय गर्ने सचिव गगन राईले जानकारी दिएको छ | पहिलो चरणको कार्यक्रममा जनमुक्ति पर्जा पट्टा संघर्ष समिति, गोजमुमो पार्टी अनि यसको युनियन पदाधिकारीहरुले नेतृत्व दिएका थिए जसमा गगन राई अनि युवा मोर्चाबाट बिज्ञेन मिश्रले रङजु भेलीमा, युनियन मङपू जोनबाट सुरेन राईले लाब्दा शाखा मोर्चा अनि युनियन लिएर लाब्दा गन्तीघरमा, पार्टी सचिव रतन लामा अनि मिरेन लामाले रेशेप गन्ती घरमा अनि युनियन सचिव किशन बुडाथोकीले रङबी बिभाग गन्तीघरमा गन्ती जाम गर्दै श्रमिक मजदुरहरुलाई पर्जा पट्टाको आवश्यकता बारे जानकारी दिएका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles