Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

अनित थापालाई गोरामुमो मङपु लाठपन्चर समष्टिको सुझाव

$
0
0
Gorkha National Liberation Front flag
गत बुधबार गोरामुमो मङपु जोनको एक सभा कैलाश पाख्रीनको अध्यक्षतामा सम्पन्न भयो | सभामा विगत गोरामुमोको पुर्व अध्यक्ष दिवंगत नेता सुबास घिसिंगको ८३ औं जन्म दिवसको कार्यक्रमबाट पीसी अग्रवालले दिएको वक्तब्यमाथि गोजमुमो केन्द्रीय महासचिव अनि जीटीए उपाध्यक्ष अनित थापाको आपत्ति अनि तिनीहरुद्वारा अग्रवालको छोरालाई फोन मार्फत धम्काएको विषयमा धेरै चर्चा भयो | अनित थापाले पीसी अग्रवाल साथै तिनको परिवारलाई जुन मानसिक प्रताडना दिंदै धम्काउने काम गरेको छ त्यसमा मङपु लाठपन्चर समष्टि गोरामुमो साथै सम्पूर्ण भात्रृ संगठन खेद प्रकट गर्दै अनित थापाले व्यक्तिगत रुपमा अग्रवाल अनि तिनको परिवारसित माफी माग्नुपर्ने सुझाव दिएको छ | यसको साथै दार्जीलिंगको बर्तमान राजनैतिक परिवेशमा शान्तिको माहोल सृजना भइरहेको समय यसरी आपसी द्वन्द्वलाई अघि सारेर अशान्ति नफैलाउने साथै आफ्नो राजनैतिक स्वार्थ पूर्ण गर्नको निम्ति शान्ति परिवेशलाई धमिल्याउन नहुने सुझाव पनि अनित थापालाई गोरामुमो मङपु लाठपन्चर समष्टिको पक्षमा दिएको छ |
सभामा अग्रवालको वक्तब्यलाई लिएर विभिन्न मत गर्नेहरुसित विगतमा सम्पूर्ण गोर्खा जातिलाई काठको बक्सामा हालेर पहाड कटाउन पर्छ भन्दा किन यसरी विरोध नगरेको भनी प्रश्न गोरामुमोको छ | उक्त सभमा गोरामुमो मङपु जोन सचिव मिलन शेर्पा, कार्यकारी अध्यक्ष आरबी प्रधान, युथ सचिव प्रदीप राई, अध्यक्ष पवन राई, मङपु जोन साथै एचपीडब्ल्युयु मङपु लाठपन्चर कन्भेनर सन्तोष राई, एचपीडब्ल्युयु कार्यकर्ता मङपु विभाग सुरज थापाको पनि उपस्थिति थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles