Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

नि:शुल्क स्वास्थ्य अनि आँखा जाँच शिविर हुने

$
0
0
free medical camp
श्री सत्य साई समिति मङपुको आयोजनामा मङपु विभाग स्थित शारदा उच्च माध्यमिक विधालयमा आगमी १७ जूनको दिन नि:शुल्क स्वास्थ्य जाँच अनि परामर्श शिविर सम्पन्न हुने भएको छ | उक्त शिविरमा दार्जीलिंगबाट विभिन्न रोग सम्बन्धि डाक्टरहरु क्रमश: डा० एम याल्मो (अर्थोपेडिक), डा० बिकास देवान(फिजिसियन), डा० डिकी याल्मो (ईएनटी), डा० छितेन शेर्पा (शिशु रोग), डा० जे ग्यात्सो (नेत्र रोग), डा० टीटी भोटिया (सर्जन) एवम अन्य उपस्थित रहने भएका छन् भने बिहान ९.३० बजेदेखि सम्पन्न हुने उक्त शिविरमा सम्पूर्ण रोगीहरुले नि:शुल्क रुपमा आफ्नो रोगहरु जंचाएर शिविरको लाभ उठाइदिने अपिल गरेका छन् | यसरी नै लाब्दा विभाग स्थित ग्राम सेवक प्राथमिक पाठशालामा पनि त्यसै दिन नवदीप स्वनिर्भर समुहको सहयोग अनि आलोर वेलफेयर अर्गनाइजेशनको पक्षबाट नि:शुल्क आँखा जाँच शिविर सम्पन्न हुने भएको छ | यसैले आयोजक समितिले आँखाका रोगीहरुलाई यस नि:शुल्क आँखा जाँच शिविरको फाइदा उठाइदिने अपिल गरेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles