Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रङबी बिचकमान डिपार्टबाट ३५ परिवार टीएमसीमा सामेल

$
0
0
Morcha supporter joins TMC
बर्तमान दार्जीलिंग पहाडको राजनैतिक परिपेक्ष्यलाई ध्यानमा राख्दै मङपुमा हिल तृणामूल कांग्रेसलाई समर्थन गर्नेहरुको लहर बड्दै गइरहेको छ | यसै लहरमा मङपु रङबी बिचकमानका डिपार्ट धुरा एसएसके भवनमा हिल तृणामूल कांग्रेसको समर्थन सभा सम्पन्न भयो | संजोग राईले संचालन गरेको सभामा  डिपार्ट धुरा लगायत रङबी बिच कमानका विभिन्न भेकबाट जम्मा ३५ घर मोर्चाका कर्मठ सदस्य सदस्यावर्गले टीएमसी पार्टीको झण्डा ग्रहण गरि अब उसो टीएमसीकै छत्रछायाँमा बसेर गाउँ बिकाश अनि समाज बिकास गर्ने प्रण लिएका छन् |
डिपार्ट धुराको पक्षमा निर्मल कार्की र कल्याण छेत्रीले सभालाई सम्बोधन गर्दै टीएमसी पार्टीको नीति र इमान्दारितालाई हेरेर नै हामी यस पार्टीको परिवार बन्न आएका हौँ र दार्जीलिंग पहाडमा टीएमसी पार्टीले मात्र बिकास गर्दै भाई भतिजावादबिहिन राजनीति गर्छ भनी बताए | यसै सभालाई रेजिना गुरुङले पनि सम्बोधन गर्दै बुनियादी बिकासको साथ साथै सर्वाङगिन बिकासको निम्ति टीएमसी पार्टी संधै अग्रसर रहेको जनाउँदै पार्टीमा सामेल हुने नयाँ सदस्यहरुलाई स्वागत जनाए | किरण ब्लोनले पनि आफ्नो सम्बोधनमा सिन्कोनाको समस्या केवल राज्य सरकारले मात्र समाधान गर्न सक्ने मन्तब्य पोखे | राज्बीर पाख्रीनको सभापतित्व रहेको सभामा बीएस राई, निल कुमार गुरुङ, बाल कुमार गुरुङ, गजेन्द्र गुरुङ, सुरेश याल्मो, विवेक मल्ल, रन्जु कार्की, चन्द्र प्रधान आदिको पनि उपस्थिति रहेको थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles