Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

कर्मठ गोजमुमो समर्थकहरु टीएमसीमा सामेल

$
0
0
Morcha supporter joins TMC
विगत १०५ दिनको गोर्खाल्याण्ड आन्दोलनपछि दार्जीलिंग पहाडमा प्राय: अस्तित्व हराइसकेको टीएमसी पार्टीले पुन: आफ्नो बिस्तार क्रम बडाउन थालेको छ | यता मङपु क्षेत्रमा पनि मोर्चा अनि गोरामुमो पार्टी त्यागेर सिधै टीएमसी पार्टीमा सामेल भएको घटना प्रकाशमा आउन थालेको छ | यही लहरमा आज यहाँको रङबी विभागका संस्थापक एवम कर्मठ गोर्खा जनमुक्ति मोर्चा पार्टी समर्थकहरुले राज्यको तृणामूल पार्टी झण्डा ग्रहण गरेको छ | यहाँका जम्मा ४० घरका पुरुष, महिला साथै युवा शिक्षकहरुले टीएमसी पार्टीको झण्डा ग्रहण गर्दै पार्टीमा प्रवेश गरेको छ | रङबी विभाग स्थित सार्वजनिक भवनमा टीएमसी पार्टी रेशेप जीपीले आयोजना गरेको सभालाई विभागका पुराना टीएमसी कार्यकर्ताहरुले पनि सहयोग पुराएका थिए भने संजोग राईले संचालन गरेको सभालाई प्रेम कुमार राईले अध्यक्षता गरेका थिए | उत्साहपुर्वक उपस्थित भारी राजनैतिक चिन्तकहरुले बिशेष बर्तमान दार्जीलिंग पहाडको बदलिँदो राजनैतिक परिवेश संग संगै सिन्कोना उद्योग र यसमा कार्यरत मजदुर, कर्मचारी र उनीहरुको परिवार अनि शिक्षित बेकारी सबैको भविष्यको सोंच राखेर अब भावना र जातीय आवेगमा नभुलिएर बारम्बार धोका, बिश्वाशघात र भ्रष्ट दिशा उन्मुख गराउने कुनैपनि आंचलिक पार्टी नगर्ने प्रण गर्दै टीएमसी जस्तो राष्ट्रीय पार्टीमा प्रवेश गरेको बिचारहरु प्रकट गरे |
आज टीएमसी पार्टीमा सामेल हुने बिशेष व्यक्तिहरुमा राजबीर पाख्रीन, सागर मुखिया, सुरेन यल्मो, बीके गुरुङ (पुर्व किरानी), गजेन्द्र गुरुङ(शिक्षक), जीएस तामांग, कल्याण राई आदि रहेका छन् | सभामा टीएमसी पार्टी मङपु समष्टिको अभिभावक समितिका सदस्यहरु क्रमैले रेजिना गुरुङ र बीएस राईले पनि सम्बोधन गरेका थिए भने सभामा अन्य सदस्यहरु संजय थापा, पुष्कर सन्यासी र किरण ब्लोनको पनि उपस्थिति रहेको थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles