Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

एक दिवसीय बौद्ध संगोष्ठी सम्पन्न

$
0
0
Buddhist seminar in labdah Gumba
लाब्दा विभाग गन्ती डाँडा स्थित दोङाङ छ्योइलिङ सार्वजनिक बौद्ध गुम्बामा एक दिवसीय बौद्ध संगोष्ठी गुम्बाकै प्रमुख धर्मगुरु लामा उदय पाख्रीनको सभापतित्वमा सम्पन्न भयो | जोनी तामांगद्वारा संचालित कार्यक्रममा गुम्बा सचिव सुरेन पाख्रीनले स्वागत सम्भाषणमा कार्यक्रमको औचित्य अनि यस संगोष्ठीले मानव जीवनमा नयाँ आध्यात्मिक प्रेरणा जगाउने कुरामा बिश्वास व्यक्त गरे | संगोष्ठीमा प्रमुख वार्ताकार आचार्य साङ्गे छ्योपेल महासचिव अखिल भारतीय महायाना लामा संघ अनि जम्बु लामा अध्यक्ष अल इण्डिया बुद्धिष्ट फोरम भारत साथै भान्ते पेमा थेरो प्रमुख रुपमा उपस्थित रहेका थिए | प्रथमत: आचार्य: साङ्गे छ्योपेल लामाले बौद्ध शिक्षामा आधारित दैनिक पुजा पाठ विधि साथै छ्योसेम (वेदी) मा अंकित विविध चित्रहरुको संक्षिप्त व्याख्या गर्दै विभिन्न पवित्र तिथिहरुमा मासु – मांस, मद मदिरा सेवन नगरी पंचशीललाई पालन गर्नु पर्ने वचन सुनाए | भगवान बुद्धले प्रत्यावर्तन गरेको धर्म अनि आफुले आर्जन गरेको बुद्धत्व ग्यान द्वारा आफ्नो दिवंगत आमाललाई पनि देवलोकबाट उद्धार गरेको लाबाब दुछेन बारे जानकारी दिए | न्युङने उपषोधलाई पनि प्राथमिकता दिइ यसको अभ्यास गर्ने सुझाव दिए | यसरी नै भगवान बुद्धले भ्रमण गर्दै धर्म उपदेशना दिंदै अन्तमा परिनिर्माण प्राप्त गरेको स्थलहरुको भ्रमणको महत्व बारे पनि प्रकाश पारे | कार्यक्रममा भान्ते पेमा थेरोले आफ्नो सम्बोधनमा भगवान बुद्धले देखाएको मार्गलाई प्रत्येक मानवले अनुपालन गर्नुपर्ने कुरामा जोड दिए | विशिष्ट अतिथिको रुपमा उपस्थित जम्बु लामाले भारतमा बौद्धहरुको सोंचनीय स्थिति माथि चिन्ता व्यक्त गर्दै अब सबै बौद्धहरु सचेत हुनपर्ने कुरामा जोड दिए | बर्तमान युवा पिडिलाई भगवान बुद्धको बैज्ञानिक, आध्यात्मिक दर्शनलाई बुझाउन अति नै आवश्यक रहेको बोध गर्दै उनीहरुलाई सही बौद्ध शिक्षा दिनपर्ने कुरामा जोड दिए | आज पनि श्रीलंका जहाँका मानिसहरु अति साधारण अनि कम खर्चमा आफ्नो इच्छालाई कटौती गरी शान्तीमय, अपराधहीन समाजमा बाँचिरहेको उदाहरण पेश गर्दै यदी हामी;ए पनि आफ्नो बढ्दो इच्छालाई रोक्न सके जीवन सुखमय, शान्तिमय बन्ने बताए | अष्टशील बारे बोल्दै तिनले प्रत्येक शीलको महत्व माथि प्रकाश पार्दै चोरी, जूट, व्यभिचार, मदपान आदि कुराहरुदेखि मानिस बाँच्न सके हाम्रो समाज आफैमा स्वर्ग हुने कुरामा बिश्वास व्यक्त गरे | अन्तमा सभापतिको समापन भाषण अघि आयोजक समिति सचिव पासाङ पाख्रीनले वार्ताकार लगायत महाराजा क्याटरिङ, विभिन्न स्थानहरुबाट आएका महानुभावर्गलाई धन्यबाद साथै स्वागत जनाए भने विभिन्न शाखाहरु, विभागहरुबाट आएका धर्मानुरागीवर्गलाई पनि धन्यबाद प्रकट गरे | सभापतिको अध्यक्षीय भाषाण प्रस्तुत गर्दै धर्म गुरु उदय पाख्रीनले आजको कार्यक्रम पूर्ण रुपमा सफल भएको बताउँदै वार्ताकारवर्गलाई धन्यबाद प्रकट गरेको जानकारी आयोजक समितिले जनाएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles