गत शुक्रबार मङपी विभागीय प्राथमिक पाठशाला चौरस्तामा रङली रङलीयट खण्ड समिति अधिनस्थ मङपु अंचल जीपी समिति तृणामूल पार्टी संगठनको बिस्तार र पार्टीमा समर्थन जनाउने महानुभाववर्गको पार्टी समावेश कार्यक्रम लिएर एउटा महत्वपूर्ण सभा बस्यो | दार्जीलिंग भेकमा गोर्खाल्याण्ड आन्दोलनको नाममा दिशा बिहिन भएका एवम विभिन्न समस्याहरुले पिडित मजदुर, कर्मचारी, व्यवसायी लगायत गाडी मालिक, चालकहरु, स्कूल, सामाजिक, साहित्यिक संस्थानहरु र बिशेष गरेर सम्पूर्ण शिक्षित बेकारीहरुको अवस्थालाई ध्यानमा राखी सम्पन्न सभाले निक्कै ठूलो महत्व बोकेको थियो | सभामा खरसाङबाट टीएमसी पार्टी खरसाङ महकुमा प्रभारी, अध्यक्ष एवम नगरपालिका कमिश्नर मिङमा भोटिया (आजी), खण्ड सभापति समरीत छेत्री लगायत आरआर खण्ड समिति अध्यक्ष संजय सुब्बा र मङपुबाट क्रमैले रेजिना गुरुङ, किरण ब्लोन, संजय थापा, पुष्कर सन्यासी, बीएस राई, एनके गुरुङ, विवेक मल्ल, शकुन राई, रन्जु कार्की आदि पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो |
शुरुवातमै सभामा उपस्थित सबै व्यक्तिहरुले मङपुको बिकाश, शान्ति र गणतन्त्रको बहाली साम्प्रदायिक एकता अनि सम्पूर्ण मङपुबासीको हितमा तृणामूल पार्टीमा प्रवेश गर्दै अबउसो यसै पार्टी मार्फत आआफ्नो क्षेत्रका समस्याहरु सुल्झाउने साथै राजनैतिक संकीर्णता, परस्पर विरोधी बिचार र कर्महरु हटाएर अघि बढ्ने आश्वासन दिंदै टीएमसी पार्टीमा प्रवेश गरेर पार्टीको झण्डा ग्रहण गरे | पार्टीको झण्डा ग्रहण गर्दै पार्टीमा प्रवेश गर्ने बिशेष व्यक्तिहरुमा शशीभुषण राई, गोपी राई, सुबास राई, रक्षा छेत्री, देव कुमार खवास, सुरज राई, ज्ञानदीप राई आदि रहेका छन् भने अन्यमा रोशन लामा, भैरुङ तामांग, उमेश तामांग, जोशेप लेप्चा, अरविन्द गुरुङ, मनोज गुरुङ, भुपेन्द्र लेप्चा, पुकार तामांग, बिकाश तामांग आदि रहेका छन् ||