Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

दार्जीलिंग राइजिङ स्टारको अडिसन मङपुमा हुने

$
0
0
Darjeeling Rising Stars
दार्जीलिंग पुलिसको तत्वधानमा सम्पन्न हुनगइरहेको पहाडी प्रतिभाको खोज दार्जीलिंग राइजिङ स्टारको एउटा अडिसन मङपुमा पनि हुनेभएको छ | पुर्वघोषित कार्यक्रम अनुसार यसको अडिसन दार्जीलिंग, मिरिक, खरसाङ, पुलबजार, सुखिया पोखरी, रंगली रंग्लीयट, जोरबङलो अनि लोधोमामा हुने भनिए पनि यता रङली रङलियटमा हुने अडिसन भने मङपु विभाग चौरास्तामा अवस्थित सार्वजनिक भवनमा आगमी १ अप्रेलको दिन हुने जानकारी प्राप्त  भएको छ | बिशेष गरेर रङली रङलियट भन्दा मङपु क्षेत्रमा उक्त प्रतियोगिताको निम्ति १०० भन्दा अधिक प्रतियोगीहरुले भाग लिने भएकोले नै त्यस अडिसनलाई मङपुमा सम्पन्न गर्ने निर्णय लिएको जानकारी प्राप्त छ | जम्मा दुईवटा समुहमा बाँडिएको उक्त प्रतियोगितामा पहिलो समुहमा १० देखि १७ वर्षसम्मका प्रतियोगीहरुले अंशग्रहण गर्नेछन् भने दोश्रो समुहमा १८ देखि ३२ वर्षसम्मका प्रतियोगीहरुको सहभागिता रहनेछ | विभिन्न स्थानहरुका अडिसनपछि यस प्रतियोगिताको फाइनल कार्यक्रम आगमी २८ अप्रेलको दिन दार्जीलिंग चौरस्तामा हुने भएको छ जुन प्रतियोगितामा प्रथम हुने सिनियर बिजयी प्रतियोगीलाई १.०१ लाख रुपियाँ साथै दोश्रो अनि तेश्रो रनर्सलाई क्रमैले रुपियाँ ५१,००० अनि ३१,००० नगद राशी पुरस्कारको रुपमा प्रदान गरिनेछ भने जुनियर ग्रुपका बिजयी प्रतियोगीलाई रुपियाँ ५१,००० अनि दुई रनर्स प्रतियोगीहरुलाई क्रमैले रुपियाँ ३१,००० अनि रुपियाँ ११,००० पुरस्कारको रुपमा प्रदान गरिनेछ | गीत अनि नृत्य कलामा निपुण प्रतियोगीहरुको खोजी कार्यक्रम दार्जीलिंग राइजिङ स्टारको अडिसन मङपुमा हुने खबरले मङपुका कलाकारहरुलाई पनि सुनौलो अवसर घर दैलो अघि आएको मान्न सकिन्छ || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles