Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा मेडिकल क्याम्पलाई केन्द्र गर्दै एनएचपीसीका डाक्टरले गरे निरीक्षण

$
0
0
NHPC doctor Ajay Sharma visits Mungpoo
आगामी २४ मार्च शनिबारको दिन ग्राम सुधार समिति ,पेन्शनर्स् एशोशिएसन मङ्पु तथा एनएचपीसीको संयुक्त तत्वावधानमा सर्वसाधारणको हितलाई ध्यानमा राखेर सम्पन्न भइरहेको मेडीकल क्याम्पलाई जायजा लिनलाई एनएचपीसीका डक्टर अजय शर्मा मङ्पु स्थित पेन्शनर्स् एशोशिएसनको कार्यालय जहाँ उक्त मेडीकल क्याम्प सम्पन्न हुन गइरहेछ उक्त स्थानको निरीक्षण गर्दै जानकारी लिएका छन् | उक्त निरीक्षण कार्यमा मिरेन लामा, राम थापा, हेमन्त सेर्पा, दीलप शर्मा,प्रेमदीप राई, रन्जीत शर्माको पनि बिशेष उपस्थिति थियो । उक्त दिनको मेडीकल क्याम्प शनिबार बिहान दश बजेदेखि शुरू हुने निश्चित भएकोले सम्पुर्ण मङ्पु बासीलाई यसको भरमग्दुर फाइदा उठाइ दिने आग्रह गरिएको छ । डक्टर शर्माले सिन्कोना बगानको अस्पताल पनि हेर्ने इच्छा जाहेर गर्दा उक्त टोलीले मङ्पु अस्पताल पनि भ्रमण गराएर बर्तमान विविध समस्याहरु जो मङ्पुबासीले स्वास्थ्य सम्बन्धी भोगिरहेका छन त्यसलाई वृतान्त अवगत गराएको छ । तिनले (डक्टर शर्मा) यदि सिन्कोना ब्यवस्थापनले अनुमति प्रदान गरेको खण्डमा प्रत्येक शनिबार यहाँको अस्पताललाई समय दिएर मङ्पु बासीको सेवा गर्ने इच्छा जाहेर गर्दा उक्त बिषयलाइ यथाशिघ्र निर्देशक तथा ब्यवस्थापक मङ्पु संग बसेर परामर्श गरि मङ्पुबासीको पक्षमा यथाशिघ्र ब्यवस्था गरिइने पनि उक्त टोलीले जिम्मा लिएको छ | यदि सप्ताहमा एकै दिनमात्रै भएपनि यो ब्यवस्था चालु गर्न सकिएको खण्डमा मङ्पुबासीले थोरै भए पनि फाइदा उठाउन सक्ने छन्। भविष्यमा अरू केके सुविधाहरू एनएचपीसी को पक्षबाट दिन सकिन्छ सो दिन एनएचपीसी परिवार संधै तत्पर रहेको कुरा डक्टर शर्माले बताएका छन् | वहाँको सोंच र उद्धार हृदयलाई मङ्पुबासीले कहिलै बिर्सिने छैन ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles