Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा मङपू समष्टिमा मोर्चाको समिक्षात्मक सभा

$
0
0
Gorkha Janmukti Morcha Mungpoo
गोर्खा जनमुक्ति मोर्चा मङपू लाब्दा समष्टिले विधान सभा परिणाम समबन्धि समिक्षात्मक सभा सभापति उर्गेन शेर्पाको सभापतित्वमा सम्पन्न गरेको छ | यहाँको रबिन्द्र श्रमिक कल्याण केन्द्रमा सम्पन्न सभालाई समष्टि सचिव रतन लामाले संचालन गरेका थिए | २१ वटा बुथ रहेको समष्टिले खरसाङ विधान सभा सिटमा सबैभन्दा उत्कृष्ट भोट दिन सकेको खुलासा भएको छ भने समष्टिबाट जम्मा ७३०९ भोट गोजामुमो प्रार्थी डा० रोहित शर्माले पाएका थिए | सभामा प्रत्येक बुथहरुको समिक्षात्मक चर्चा बुथ सम्बन्धित व्यक्तित्वहरुबाट गरिएको थियो | चुनावको प्रचार प्रसार राम्रै भएको भए पनि नोटामा पनि अधिक भोट गएकोमा चर्चा गरियो तैपनि अन्य दलहरुको संयुक्त गठबन्धन हुँदा हुँदै पनि समष्टिमा मोर्चाको पक्षमा नै अधिक भोट गएकोमा सन्तुष्टि प्रकट गरियो | मोर्चाको पहलमा मङपूको विभिन्न क्षेत्रहरुमा भएको विभिन्न विकाशमुलक कार्यहरु अनि सिन्कोना बगानको समस्याहरु समाधान गरिएको अनुसार मोर्चाले यो भन्दा अझ धेरै भोट पाउनुपर्नेथ्यो भन्ने मत प्रचार प्रसार सचिव बुद्ध कुमार थापाले प्रकट गरेको छ | सभाले २१ वटा बूथहरुमा क्रमिक रुपमा समिक्षा सभा राख्ने निर्णय लियो भने आउँदो दिनहरुमा अझ एकजुट भएर बस्ने भएको छ | सभालाई समष्टि सभासद रतन कुमार थापाले पनि सम्बोधन गरेको थियो | सम्बोधनको क्रममा उनले विगतको दिनहरुमा विपक्षीहरुले मङपू ७५ प्रतिशत बिग्रिसकेको अडानलाई चुनाव परिणामले झुटो प्रमाणित गरिदिएको बताएको छ | विधान सभामामा समष्टिले गहकिलो भोट दिएकोमा गर्व गर्दै मङपूले आफ्नो पुरानो गरिमा कायम राखेको बताए भने आउँदो चुनावहरुमा अझ यो भन्दा धेरै भोट गरेर समष्टिको एकतालाई देखाउने आह्वान उनले गरेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles