हिल प्राइमेरी टेम्पोरेरी टिचर्स अर्गनाइजेसन (एचपीटीटीओ) को एउटा महत्वपूर्ण साथै आवश्यकीय सभा २४ फरवरीमा दार्जीलिंगको मारवाडी भवनमा बिहान ११ बजेदेखि सम्पन्न हुने भएको छ | उक्त सभामा सबै सर्कलका संयोजक तथा सदस्य – सदस्यावर्ग साथै केन्द्रीय समितिका पदाधिकारीगण अनिवार्य रुपमा उपस्थित रहनु पर्ने अर्गनाइजेशनले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् | यदि उपस्थित नरहेको खण्डमा अनि संगठनको सुचीबाट आफ्नो नाम हट्न गए स्वय जिम्मेवार रहनु पर्ने बताएका छन् | यसको साथै केन्द्रीय समितिले पनि हालसम्म गरेको कार्यहरु अनि हर हिसाबको उक्त दिन विस्तृत रुपमा विवरण दिनुपर्ने संगठनले जनाएको छ | उपरोक्त सभा मुख्य संयोजक पवन राईको निर्देशमा सम्पन्न हुन गइरहेको छ र कोही पनि एचपीटीटीओका सदस्य तथा सदस्यावर्गले यस विषयमा अधिक जानकारी लिन चाहे सोझै मुख्य संयोजक पवन राई अथवा कोषाध्यक्ष पासाङ भोटियासित सम्पर्क गरिदिने जानकारी संगै यस आशयलाई एक विज्ञप्ति मार्फत पवन राईले जनाएको छ ||
↧