Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रङ्जुभेल्लीमा द भाइन ब्याण्डको म्युजिकल स्टेप

$
0
0
The Vine Band Ranju Valley
मङपू अन्तर्गत पर्ने रङ्जुभेल्लीको स्थानीय  जन मैदानमा हिजो द म्युजिकल स्टेप नामक  एक सांगितीक कार्यक्रमको आयोजना गरियो। रङ्जुभेल्लीकै स्थानीय युवाहरूद्वारा नवगठित सांगितीक टोली द भाइन ब्याण्डको आयोजनामा आयोजित उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले गीत, नृत्य एवं कविताहरू प्रस्तुत  गरेका थिए।
कार्यक्रम अनि ब्याण्डको औचित्य एवं उद्धेश्यबारे प्रकाश पार्दै द भाइन ब्याण्डका इभेन्ट म्यानेजर जोनशन शेर्पाले उक्त ब्याण्ड मार्फत स्थानीय सांगितीक प्रतिभाहरूलाई, स्थानीय युवाहरूलाई कुलत अनि कुमार्गदेखि अलग राखेर संगीत अनि कलाको क्षेत्रमा प्रोत्साहित गर्दै अघि बड़ाउने ब्याण्डको मूल लक्ष्य रहेको बताए।
सोही सागिंतीक कार्यक्रमबीच नै सोही भेकबाट बर्ष 2017 मा साहित्य अकादमी युवा पुरस्कार प्राप्त गर्ने कवि शरण मुस्कानलाई सम्वर्द्धना पनि जनाइएको थियो।

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images