Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोना अनि कृषि बागवानी महोत्सवमा मेलिना राईको प्रस्तुति रहने

$
0
0
Mungpoo Map
मङपुको गरिमालाई यथावत राख्दै आगमी २ देखि ४ फरवरी सम्म यहाँको मङपु जनमैदानमा भब्यताको साथ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सिन्कोना नै कृषि बागवानी महोत्सव २०१८ सम्पन्न हुने निश्चित भएको छ | सिन्कोना अनि कृषि बागवानी समिति एवम निर्देशक सिन्कोना एवम अन्य औषधीय पौधाहरुको संयुक्त आयोजनामा सम्पन्न हुन गइरहेको महोत्सव समितिका सभापति सुरेन्द्र थिङ अनि सचिव मन्जय गुरुङ रहेका छन् |

तीन दिवसीय कृषि बागवानी महोत्सव कार्यक्रमको साँझ संगीतमय कार्यक्रमको पनि आयोजना हुने जानकारी प्राप्त छ जसमा प्रचलित नेपाली गीत कुटुमा कुटु सुपारी दाना गाउने नेपालका चर्चित गायिका मेलिना राईको प्रस्तुति बिशेष आकर्षकको रुपमा रहनेछ भने साथमा टीभी रियालिटी सो लिटल च्याम्पका कन्टेसटेन्ट अपूर्व तामांग, चर्चित गायक सुरेश कुमार आदिको पनि प्रस्तुति रहनेछ साथै कार्यक्रममा खरसाङ म्युजिक अर्केष्टाले संगीत दिने जानकारी प्राप्त छ | आयोजक समितिले कार्यक्रमलाई सफलीभूत पार्न सबैसबैलाई हार्दिक स्वागत जनाएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images