Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा शान्तिधुराबाट २० घर गोरामुमोमा सामेल

$
0
0
GNLF committe formed in Shanti Dhura labdah
विगत दिनहरुमा गोर्खा जनमुक्ति मोर्चाको दह्रिलो पकड भएको अनि विभिन्न विकाशको पोकाहरु संगै मङपुको अन्य विभागहरुतिर राज्यको तृणामूल पार्टीको बिजारोपण भएको समय पनि नडगमगाई बसेको लाब्दा विभाग शान्ति धुरामा बर्तमान पहाडी राजनीतिको अन्योलताको कारण गोरामुमोले आफ्नो वंश बिस्तार गर्ने मौका पाएको छ |   गत शुक्रबार शान्ति धुरा लाब्दा शरण तामांगको बास गृहमा गोरामुमो लाब्दा प्रशाखाको एउटा सभा भिक्टोर पाख्रीनको सभापतित्वमा समपन्न भयो | सभामा छैटौं अनुसुचिबारे गाउँ गाउँ पसेर जागरुकता ल्याउनपर्ने समयको आवश्यकता रहेको बारे एचपीडब्ल्युयु खरसाङ ब्रान्च उपसभापति चमनसिंह प्रधानले प्रकाश पारे | मङपु जोन सहसचिव रितेश मोक्तानद्वारा छैटौं अनुसुचि बारे किताबी दस्तावेजहरु प्रस्तुत गरेर सबैलाई बुझाउने प्रयास गरिएको थियो | सभामा मङपु जोन सह कोषाध्यक्ष अल्बर्ट घिसिङ अनि लाब्दा प्रशाखा सहसचिव शरण तामांगको पनि उपस्थिति रहेको थियो | सभाले निम्न व्यक्तिहरुलाई सर्वसम्मतिद्वारा विभिन्न पदहरुमा मानोंनित गरिएको छ जसमा सभापति सुदन तामांग, उपसभापति सुवास राई, सचिव प्रितम तामांग, रिन्छेन तामांग, कोषाध्यक्ष राज बहादुर राई, दिनेश राई | यसरी नै कार्यकारिणी सदस्यहरुमा दिलिप राई, मन्तोष तामांग, पाल्देन तामांग, उर्गेन तामांग, भिभिसन राई, मनोज दर्जी आदि चयन गरियो | आजको सभामा २० घर समर्थकहरु भारतको संविधानको २४४ (क) २ अन्तर्गत छैटौं अनुसुचिलाई समर्थन गर्दै मन घिसिङको नेतृत्वलाई स्वीकार्दै गोरामुमो पार्टीमा सामेल भएको एक विज्ञप्ति मार्फत टोली कन्भेनर शरण तामांगले दाबी गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images