Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

Gorkha MLAs takes oath in Nepali Language

$
0
0
Hill MLAs Dr Rohit Sharma, Sarita Rai, Amarsingh Rai
MLAs Dr Rohit Sharma, Sarita Rai, Amarsingh Rai
Gorkha Janmukti Morcha's three MLAs viz. Dr. Rohit Sharma, Sarita Rai and Amar Singh Rai  takes oath in Nepali Language - दार्जीलिङ पहाड़का तीनजना विधायकहरू क्रमैले श्री अमर सिहं राई( दार्जीलिङ), डा. रोहित शर्मा (खरसाङ) अनि श्रीमती सरिता राई (कालेबुङ)-ले आज विधानसभामा विधायकको रूपमा आफ्नो मातृभाषा अर्थात् नेपाली भाषामै शपथ ग्रहण गरे।
20 अगस्त 1992 सालमा नै भारतीय सविंधानको आठौं अनुसूचिमा अन्तर्भुक्त भइसकेको नेपाली भाषामा नै शपथ ग्रहण गरेर आफ्नो मातृभाषालाई सम्मान अनि गरिमा प्रदान गरेकोमा म तीनैजना विधायकहरूलाई बधाई व्यक्त गर्दछु।
नेपाली भाषाको प्रयोगलाई लिएर गोरखाल्याण्ड क्षेत्रीय प्रशासन अघिदेखि नै निक्कै गम्भीर रहेको छ। जीटीएको अधिकारक्षेत्रमारहेका कार्यालयहरूमा धेरै अघिदेखि नै नेपाली भाषालाई सरकारी तौरमा प्रयोग गरिदै आइरहेको छ भने प्रधानमन्त्री, मुख्यमन्त्रीलगायत अन्य मन्त्री तथा विधायकहरूलाई पनि जीटीएले नेपाली अनि अंग्रेजी भाषामा पत्राचार गर्ने गरेका छन्।
आज विधानसभामा नेपाली भाषामा विधायकको रूपमा शपथ ग्रहण गरेर पहाड़का तीनैजना विधायकहरूले नेपाली भाषाको उच्च सम्मान राखेका छन् भने यो क्रमलाई निरन्तरता दिँदै दार्जीलिङ पहाड़का समग्र विद्यार्थी, शिक्षक, अधिकारी, कर्मचारीलगायत सबैले आफ्नो मातृभाषालाई नहिच्किचाइकन प्रयोग गरेर यसको प्रतिष्ठा अनि सम्मान बनाइराख्ने पनि म आह्वान गर्छु।

With input from - Bimal Gurung Official

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles