पश्चिम बङ्गाल भुजेल विकाश एवम सांस्कृतिक बोर्डको आयोजनामा मङपु जनमैदानमा धुमधामको साथ भुजेल बोर्डको दोश्रो स्थापना दिवस संगै माघे संक्रान्ति महोत्सव पालन गर्यो | शुरुमा फोहोर्बोबाट पाठ गरेपछि मुख्य अनि सम्माननीय अतिथिहरुको बाहुलीबाट दीप प्रज्वलन गरेपछि बिशुद्ध न्याम्ताउ रसपान गरेपछि कार्यक्रमको शुभ आरम्भ गरिएको थियो | सागर खवासले संचालन गरेको कार्यक्रममा भुजेल बोर्ड चेयरमेन प्रदिप कुमार खवासको सभापतित्व रहेको थियो | कार्यक्रममा भुजेल समुदायका नारीहरुबाट पुहगाल पारीममा प्रथम, दोश्रो, तेश्रो विजेता भुजेल सांस्कृतिक नृत्य, नेपाली नृत्य, फोहोरबा (झाँक्री) हरुलाई पारितोषिक वितरण आदि सम्पन्न भएको थियो भने मैदानको अर्कोतिर भुजेल जनजातिद्वारा प्रयोग गरिने सरसमान, खान पान आदिको पनि प्रदर्शनी राखिएको थियो | आजको कार्यक्रम अवधि माध्यमिक, उच्चमाध्यमिक, आइसीएसइ, आइएसइ, सीबीएसइ आदि परिक्षामा अब्बल अंक ल्याउने विधार्थीहरुलाई मुख्य अतिथिको बहुलीबाट चेक पनि वितरण गरिएको थियो भने भुजेल समुदायको पक्षबाट बोर्ड चेयरमेनलाई संवर्धना स्वरूप साल, स्मृति पत्र, टोपी प्रदान गरेर सम्मान जनाएको थियो | आजको स्थापना दिवस कार्यक्रममा मुख्य अतिथिको रुपमा प्रितम लिम्बु मेम्बर सेक्रेटरी, मेजिस्ट्रेट कालेबुंग उपस्थित थिए भने सम्माननीय अतिथिहरुमा ल्याङसोङ तामसाङ लेप्चा डेभ्लोपमेन्ट बोर्ड चेयरमेन, सीबी भुजेल, सोधकर्ता भुजेल जाति एवम भाषा, सामुयल राई, निर्देशक सिन्कोना बगान, आरबी भुजेल संस्थापक सदस्य भुजेल संगठन उपस्थित थिए | यसको साथै अन्य विशिष्ट अतिथिवर्गको लहरमा तामांग, लेप्चा, भोटिया, शेर्पा, मंगर, कामी, गुरुङ, प्रधान जम्मै बोर्डका चेयरमेन लगायत विभिन्न क्षेत्रका गन्यमान्य व्यक्तिहरुको उपस्थिति थियो | कार्यक्रमलाई सम्बोधन गर्दै लेप्चा बोर्ड चेयरमेन तामसाङले पहाडमा भएको अन्य बोर्डहरुको तुलनामा भुजेल बोर्डले धेरै राम्रो कार्यहरु गरिरहेको संदेश सरकार समक्ष गइरहेको बताए | यसको साथै तिनले यसरी विधार्थीहरुलाई सम्बर्धना जनाउने कार्य भुजेल बोर्डले नै प्रथम चोटि गरेको बताए | तिनले अझ भने हामी पहाडका समस्त बोर्डहरु एक भएर बस्नु पर्छ, बिकाश बोर्डको मध्यमबाट नै हाम्रो जाति र संस्कृति बाँचिरहेको छ | मुख्यमन्त्री ममता ब्यनार्जी प्रति हामी आभारी छौँ, तिनले हाम्रो जातिको बिकाश होस् भनेरनै विभिन्न बिकाश बोर्डहरु गठन गरेकी हुन् यसैले हामीले बोर्डको मध्यमबाट आफ्नो जातिको बिकाश गरेर लानु पर्छ | कार्यक्रमलाई मुख्य अतिथि प्रितम लिम्बु अनि अन्यले पनि सम्बोधन गरेका थिए ||
↧