Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

गोरामुमो मङपु जोन युथ कमिटि गठन

$
0
0
Gorkha National Liberation Front mungpoo zone youth committee
पुर्व घोषित कार्यक्रम अनुसार गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपु लाठ समष्टिको युथ कन्भेनर ज्ञानदीप राईको सभापतित्वमा युथ झुण्डको सभा मङपु विभागीय कम्युनिटि हलमा सम्पन्न भयो | गोरामुमो मङपु लाठ समष्टि सभापति चमनसिंह प्रधानले आफ्नो सम्बोधनमा आगमी दिनमा युवा शक्तिलाई अझै उर्जाशील बनाएर लानु पर्ने सुझाव राखे भने गोरामुमो केन्द्रीय समिति सदस्य शरद थापाले अब जनता अनि पार्टीले छैटौं अनुसुचिलाई प्राथमिकता दिएर अघि बड्नु पर्ने आह्वान गरे | तिनले युवाहरुलाई लक्षित गर्दै अहिले युवाहरु लोभ र लालचमा फँस्ने काम भइरहेको छ र यसो गर्नु राम्रो होइन भन्दै युवाहरुलाई सतर्कता गराए | सभामा मङपु जोन कार्यकारिणी अध्यक्ष पवन बलले बर्तमानमा पहाडको राजनीतिमा सही व्यवस्थापन नभएको कारण हरेक वर्ष युवाहरु पलायन हुन परिरहेको छ भन्दै यसैले युवाहरुलाई सही मार्ग निर्देश गर्नु एउटा राजनैतिक पार्टीको पनि उत्तिकै जिम्मेवारी रहने हुनाले युवाहरु सही मार्गमा हिड्ने पनि आह्वान गरे | सभामा मङपु लाठ समष्टि युथ कन्भेनर ज्ञानदीप राईको उपस्थितिमा मङपु जोन युथ कमिटि पनि गठन गरियो | जुन कमिटीमा सभापति पवन राई, उपसभापतिहरु इन्द्रदेव राई, अशोक छेत्री, बुद्ध रसाइली, सचिव प्रदीप राई, सहसचिवहरु बिशाल दास, रन्जित राई, कोषाध्यक्ष दिनेश राई, लेखापरिक्षक प्रवाकर राई, प्रचार प्रसार सचिव रिवाज खरेल आदि चयन गरिएको छ | यसरी नै केन्द्रीय समितिको निम्ति शरद थापा, प्रवेश राई चयनित छन् भने सल्लाहकारहरुमा पवन बल, कैलास पाख्रिन, मिलन शेर्पा, चमन प्रधान, भिक्टोर पाख्रीन, अल्बर्ट घिसिंग, सरन तामांग, रितेश मोक्तान, प्रदीप थापा आदिको नाम उल्लेख गरिएको छ | सभामा सिटोङ शेल्पूबाट युथ कन्भेनर सागर छेत्री, सुजित भुजेल पनि उपस्थित रहेका थिए | प्रवेश राई (हण्डु भाई) द्वारा संचालित सभामा पवन राईले स्वागत सम्भाषण राखेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853