Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सुमिरणको निम्ति शोक सभा

$
0
0
North Point Residential School Ranidanga siliguri student Arnob - Sumiran Rai met accident at siliguri and died
गत शुक्रबार नर्थ पोइन्ट रेसिडेन्सियल स्कूल रानीडाँगा सिलिगुडीका एघारौँ श्रेणीमा अध्ययानरत विधार्थी सुमिरण राई, थाम डाँडा शेल्पू निवासी पिता सन्तोस राई अनि माता सत्याकी राईकाको एकलौता छोरा स्कूलबाट फर्किरहेको समय स्कुटी दुर्घटनामा परि देहान्त भएकोमा रेसेप बजार कल्याण समिति मर्माहत भएको छ | यसै घटनालाई लिएर समितिले यहाँको त्रिशंकेश्वर सार्वजनिक शिव मन्दिर प्रांगनमा एउटा शोक समवेदना कार्यक्रम गर्यो | दिवंगत सुमिरण राईको प्राथमिक शिक्षार्जन यहाँको गुड स्टार्ट एकाडेमीबाट नर्सरीदेखि शुरु गरेर माध्यमिक उतीर्ण गरेका थिए | तिनको माता सत्याकी राई समितिका एक कर्मठ सदस्या रहेकोले तिनको छोराको असामयिक निधनप्रति समितिले गहिरो शोक प्रकट गर्दै दुई मिनटको मौन धारण गर्दै मृतात्माको चीर शान्तिको कामना पनि गरियो | यसको साथै समितिले शोक पालन गर्दै सम्पूर्ण रेसेप बजार एक दिन बन्द गरेर मृतात्माको स्वर्गबासको निम्ति प्रार्थना गरियो | यसरी परिवारप्रति आएको आकष्मिक बज्रपातमा सहन गर्ने क्षमता साथै धैर्यता इश्वरले दिउन भनी कामना राखियो | सभापति भुपेन्द्र राईको अध्यक्षतामा सम्पन्न शोक सभालाई समिति सहसचिव नरेश शेर्पाले संचालन गरेका थिए भनि समिति प्रचार प्रसार सचिव कपिल लोहारले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles