Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु विभागमा जीएनडब्ल्युओ प्रशाखा गठन

$
0
0
Gorkha National Womens Organisation GNLF women wings GNWO
दार्जीलिंग पहाडको अन्य क्षेत्रहरुमा जस्तै गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले आफ्नो संगठन बिस्तारको क्रमलाई मङपु क्षेत्रमा पनि द्रुत गतिमा बडाइरहेको पाइएको छ | यही लहरमा गत आइतबार यहाँको मङपु विभाग अन्तर्गत चौरस्तामा गीता थापाको सभा नेतृत्वमा एउटा साधारण सभाको आयोजन गर्दै यस क्षेत्रका महिला समर्थकहरुलाई लिएर जीएनडब्ल्युओको प्रशाखा गठन गरिएको छ | यसै अवसरमा सभालाई सम्बोधन गर्दै रेखामणि गुरुङ राईले गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पार्टीको भावी कार्यक्रमहरुको संक्षिप्त जानकारी गराउंदै हरियो झण्डाले मात्र समस्त विश्वभरि छरिएर बसेका गोर्खा समुदायको अस्तित्व बचाउने कुरो माथि जोड दिइन | यसै पार्टीले मात्र गोर्खाहरुलाई संवैधानिक सुरक्षा दिलाउन सक्ने ठोकुवा गर्दै जीएनडब्ल्युओ गठन गर्नुको उदेश्य पनि उपस्थित गोरामुमोका महिला समर्थकहरुलाई जनाइन | सभाको  सर्वसम्मति द्वारा गठन गरिएको समितिमा सभानेत्री जुनु गुरुङ, उपसभानेत्री गीता थापा, उर्मिला सुब्बा, सचिवा अमृता थापा, सहसचिवा शशिकला लिम्बु, संगीता राई, कोषाध्यक्ष यिशु छेत्री, मुना राई, लेखापरिक्षक बिन्ध्या तामांग, पुजा छेत्री, कोष संग्रहकर्ता बिनिता सुब्बा, बिनिता थापा, मन्जिता अनि सल्लाहकारहरुमा दिलमाया मंगर, भीम कुमारी छेत्री, चन्द्रकला लिम्बु साथै १८ जना कार्यकारी सदस्यहरु पनि चयन गरिएको छ | अन्तमा नव गठित जीएनडब्ल्युयु प्रशाखालाई सभानेत्रीद्वारा हरेकले पार्टीको सिधान्तलाई मध्यनजर गर्दै निष्ठापुर्वक अनि अनुशासित भएर अघि बढ्ने आह्वान संगै शुभकामना दिएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles