Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बिमल गुरुङसित २८ भोटले हार्ने किशोर गुरुङ फेरि गोरामुमोमा फर्कियो

$
0
0
GNLF Leader Kishor Gurung
विगत दार्जीलिंग गोर्खा पार्वतीय परिषदको समय तकभर क्षेत्रबाट १९९९ मा मोर्चा अध्यक्ष बिमल गुरुङको विरुद्ध चुनाव लड्दै मात्र २८ भोटले हार्ने किशोर गुरुङ फेरि गोरामुमोमा फर्किएको छ | बर्तमान पहाडमा गोरामुमोको बढ्दो दखल बीच गोजमुमो द्वारा १९ नोभेम्बरको दिन दार्जीलिंग मोटर स्ट्याण्डमा आयोजन हुन गइरहेको शक्ति प्रदर्शन जनसभाको छेक पारेर नै गोरामुमोको पुरानो, अनुभवी एवम प्रखर नेता गुरुङले निर्णय लिएको छ | गुरुङ दागोपाप समयका पार्षद पनि हुन् | तिनले शुक्रबार सुखिया बजारमा आयोजित गोरामुमोको बिशाल जनसभाबाट नै आफ्नो अडान स्पष्ट पारेका हुन् | तिनको पार्टी वापसी साथै तिनलाई सुन्न भेला भएका जनताको भिडले शासक दल गोजमुमोलाई पनि चिन्तामा पार्न सक्ने सम्भावना छ |
स्मरण रहोस, विगत १९८६ मा सुबास घिसिंगद्वारा शुरु गरिएको गोर्खाल्याण्डको आन्दोलनलाई सरकारले हिंसात्मक आन्दोलन घोषित गरेका थिए | जुन समय लकभग १२०० गोर्खाहरु मारिएको भनाई छ | त्यसै समय सुबास घिसिंगको आदेशमा गठित गोर्खा भोलिन्टर सेल(जीभीसी) का प्रमुख थिए किशोर गुरुङ | त्यसताक गुरुङले अड्डा जमाएर बसेको स्थान हेप्पी भेल्ली चिया बगान अन्तर्गत लुकथाम क्षेत्र हो जसको चर्चा अहिलेको तकभर पात्लेबास भने जस्तै थियो | सुबास घिसिंगलाई अन्तिम क्षणसम्म साथ दिने गुरुङले एक समय परिस्थितिवश अभागोलीमा पनि सामेल भएका थिए | किशोर गुरुङ त्यस समय मोर्चा प्रमुख बिमल गुरुङसित मिलेर पनि काम गरेका थिए जुन बेला किशोर जीवीसी प्रमुख नभएर युवा एकाई सम्हाल्ने गर्थे | गत शुक्रबार किशोर गुरुङ, पुर्वपार्षद केबी गुरुङ अनि युवा नेता प्रवीण जिम्बाले सिंहमारीबाट पद यात्रा निकाली बर्तमान गोरामुमो सुप्रिमो मन घिसिंगलाई भेटेपछि सुखिया हाट बजारमा आयोजित जनसभामा सामेल हुन पुगे जहाँ तिनलाई हजारौं समर्थकहरुले भब्य स्वागत जनाएका थिए | तिनको वापसी संगै गोजमुमोको जड मानिने सिंहमरी क्षेत्रबाट किशोर गुरुङ गोरमुमोको तगडा नेता खडा भएको छ भने अनुभवी नेता फर्किआएकोमा पहाडको बर्तमान राजनैतिक समीकरणमा गतिल्लो असर पर्न सक्ने पनि राजनैतिक पर्यवेक्षकहरुको अड्कल छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles