Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

प्रमुख वक्ताको रुपमा सम्हाल्नेछन् अनितले दार्जीलिंग मोटर स्ट्याण्डको जनसभा

$
0
0
GTA Board Vicechairmen Anit Thapa
दार्जीलिंग: गोर्खा जनमुक्ति मोर्चा बिनय तामांग गुटुको आगमी १९ नोभेम्बरको दिन दार्जीलिंग मोटर स्ट्याण्डमा हुने बिराट जनसभाको निम्ति गोजमुमो अनि जीटीए बोर्डद्वारा तयारी युद्ध स्तरमा चलिरहेको छ | यो बिराट जनसभालाई मुख्य वक्ताको रुपमा जीटीए बोर्ड उपाध्यक्ष अनित थापाले सम्बोधन गर्ने भएको छ भने सभालाई मोर्चा केन्द्रीय समितिका केही बिशेष नेताहरुले पनि सम्बोधन गर्नेछ | यही सभालाई लिएर केही दिन अघि पुर्व पार्षद सतिश पोख्रेलको नेतृत्वमा यहाँको दार्जीलिंग महकुमा समिति कार्यलयमा एउटा महत्वपूर्ण बैठक पनि बसेको थियो जसमा मोर्चा नेता दिनेश गुरुङ र आलोककान्तमणि थुलुंग पनि उपस्थित रहेको थियो | यो सभामा पोख्रेलले हालमा बिनय तामांग जीटीए बोर्डको माध्यमबाट क्षेत्रको बिकास गर्न व्यस्त रहने बताउँदै जनसभालाई उपाध्यक्ष अनित थापाले मुख्य रुपले सम्बोधन गर्ने कुरो जनाएका थिए |
महत्वपूर्ण के छ भने गत २९ सेप्टेम्बरको दिन जीटीएको नयाँ बोर्ड गठन गरेपछि बोर्ड अध्यक्ष बिनय तामांगले जीटीएको कार्यभार सम्हाल्दै आइरहेको भए पनि जीटीए मुख्यालयको रुपमा लालकोठीमा स्थित जीटीए सुप्रिमो बिमल गुरुङको कक्ष भने तामांगले प्रयोग गरेको छैन | यसरी नै आजसम्म पनि बोर्ड अध्यक्ष तामांगले गोजमुमो पार्टीको मुख्य संयोजकको पदभार नै सम्हालिरहेको छ भने सिंहमारी पात्लेबासमा स्थित पार्टीको मुख्य कार्यलय बिषयमा पनि तिनले कुनै दिलचस्पी राखेको छैन | यो समयहरुमा तामांगले लालकोठीबाट आफ्नो प्रशासनिक कार्यभर सम्हालिरहेका छन् | लालकोठी बाहेक तिनलाई ४३ नम्बर समिति घुम सार्वजनिक भवन तथा रामकृष्ण महाविधालयमा देखिएको थियो | अर्कोतिर उपाध्यक्ष अनित थापा भने पश्चिम बंगालका मन्त्रीहरुसितको भेटवार्ता देखि लिएर खरसाङ, कालेबुङका जनसभाहरुमा मुख्य वक्ताको रुपमा जनसभालाई सम्हाल्दै मोर्चाको शीर्ष नेताको लहरमा आफुलाई उभाइसकेको पाइएको छ | जुन क्षण कालेबुङको मंच भाँचिएको कारण जनताको विभिन्न अड्कलबाजी र अशुभ संकेतको संज्ञासम्मको सामना थापाले गर्नु परेको थियो | जे होस् थापाले फेरि एकपल्ट १९ नोभेम्बर दार्जीलिंगमा हुने कथित बिराट जनसभालाई मुख्यवक्ताको रुपमा सम्बोधन गर्ने भएको छ |
गोजमुमो द्वारा पुर्वघोषित योजना अनुसार बोर्ड अध्यक्ष बिनय तामांगले प्रशासनिक कार्य सम्हाल्ने भएकोले तिनी त्यसै क्षेत्रमा व्यस्त देखिन्छ भने यता संगठन सम्हाल्ने दायित्व लिएर थापा व्यस्त देखिएको छ | यस्तो अवस्थामा पनि तामांगको तुलनामा थापा सबै सभमा मंचबाट बिमल गुरुङलाई सिधै हमला गर्न र कटाक्ष गर्न धेरै होसियार देखिएको छ भने उता बिमल गुरुङ पहाडको जनतादेखि टाडा भए पनि अडियो टेप अनि प्रेस विज्ञप्तिको माध्यमबाट पत्रिकाको हेडलाइन्स बन्न छोडेका छैनन् | यस्तै अवस्थामा आगमी दिन पहाड बिषय लिएर सिलिगुडीमा हुने द्वीपक्षीय वार्तालाई हेर्दा दार्जीलिंगको जनसभा केही महत्वपूर्ण हुनसक्ने अड्कल सबैले काटिरहेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles