Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा विभागमा गोरामुमोको प्रशाखा गठन

$
0
0
Gorkha National Liberation  front GNLF flag bearing Mann Ghisingh face
गोर्खा जनमुक्ति मोर्चा द्वारा विगत तीन महिनासम्म छुट्टै राज्य गोर्खाल्याण्डको मागमा चलेको आन्दोलन अनि यसको अनिश्चितकालिन बन्दले दार्जीलिंग पहाडनै अस्तव्यस्त बनेपछि अन्तमा यति लामो बन्दको यातना संगै छातीमा गोली थाप्ने जनताको सपना चकनाचुर भएर जीटीए २ को रुप लिएपछि मोर्चाभित्रै पनि दुईवटा फाटो बन्यो जसमा एउटा गुट बिनय तामांग अनि अर्को गुट बिमल गुरुङका समर्थक भएर आज पर्यान्त आआफ्नो संगठन बिस्तार गर्ने होडमा छन् | आन्दोलनले पहाडमा टीएमसी पार्टी मास्ने काम गरेपनि यसको सम्पूर्ण समर्थकहरुले गोरामुमोको झण्डा पक्रिन पुग्यो भने हालमा गोजमुमोको दुई भागबाट निराश समर्थकहरुलाई पनि गोरामुमोले नै आफ्नो पार्टीमा सामेल गर्ने काम पहाडको सम्पूर्ण शहरदेखि लिएर कमान बस्तिसम्म द्रुत गतिमा गरिरहेको छ | यही लहरमा मङपु क्षेत्रमा पनि गोरामुमोले आफ्नो संगठन विस्तारसंगै पार्टीलाई दह्रिलो बनाउन कुनै कसर छोडेको छैन | आज पनि गोर्खा राष्ट्रीय मुक्ति मोर्चा लाब्दा प्रशाखा गठन गर्न स्थानीय लाब्दा जुनियर हाइस्कूलको प्रेक्षा गृहमा अल्बर्ट घिसिङको सभापतिवमा साथै गोरामुमो मङपु शाखा अध्यक्ष चमनसिंह प्रधानको बिशेष उपस्थितिमा एउटा महत्व पूर्ण सभा सम्पन्न भयो | सभमा बर्तमान दार्जीलिंग पहाडको बिग्रँदो राजनैतिक विषयमाथि व्यापक चर्चा गर्दै गोर्खा पिता स्वर्गीय सुबास घिसिंगको स्मरण गरियो भने तिनले समग्र गोर्खा जातिलाई देखाएको उन्मुक्तिको अवधारणालाई स्पष्ट रुपमा लिनपर्ने वर्तमान समयको आवश्यकता रहेको पनि जानकारी गराइयो | सभा अवधि गोरामुमो लाब्दा प्रशाखा यस्तो प्रकारले गठन गरियो जसमा सभापति भिक्टोर पाख्रीन, उपसभापतिहरु राजेश राई, बिशाल दास, मनोज थापा, सचिव प्रवेश राई, सहसचिव शरण तामांग, इन्द्रदेव राई, मन्तोष तामांग, कोषाध्यक्ष रवि तामांग, शरण घिसिङ, प्रवक्ता रिवाज खरेल, लेखापरिक्षक रितेश मोक्तान अनि बिकाश पाख्रीन, सल्लाहकारहरु कैलाश पाख्रीन, अहेन्द्र शर्मा, सरिता मोक्तान, गणेश वाइबा, तेज बहादुर पाख्रीन, केबी गुरुङ आदि चयन गरिएको छ | यसरी नै कार्यकारिणी सदस्यहरुमा एलबी थोकर, पाल्देन तामांग, विक्रम लेप्चा, भिषण राई, धीरज तामांग, दिमक राई, आशिष राई, पवन राई, प्रज्ञान पाख्रीन, सन्दीप तामांग अनि रुजय तामांगको नाम उल्लेख गरिएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles