Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोनाको सातौँ अर्द्धवार्षिक ग्याङमेन कार्यशाला सम्पन्न

$
0
0
Cinchona Gangmen workshop mungpoo
पहाडको एकमात्र बृहत सरकारी सिन्कोना उद्योगलाई बचाइराख्न साथै प्रगतिको मार्गमा बढाएर लान यसका बर्तमान निर्देशक डा० सामुयल राईले आफु नियुक्त भएदेखि यतानै दिलोज्यान दिएर लागिपरिरहेको सत्य सबै सामु स्पष्ट छ | तिनकै आगमनकालदेखि शुरु भएको दलनायक कार्यशाला हरेक छ महिनामा हुने गर्छ | बर्तमान अघिल्लो छ महिनामा तयार गरिएको योजनाको फलाफल संगै आगमी छ महिनाको निम्ति लक्षित योजनाहरुलाई साझा बिश्लेषण गर्दै सिन्कोनाको कार्य प्रणालीलाई कसेर लाने निर्देशकको यस्तो पहलले सिन्कोना बगानमा विगतका वर्षहरुमा जस्तो अधिकारीहरुले मनपरी गर्ने प्रथा बिस्तारै मासिंदै गइरहेको छ | आज यसै कार्यशाला अन्तर्गत सातौं अर्द्धवार्षिक दलनायक (ग्याङमेन) कार्यशाला यहाँको निर्देशालय पेक्षागृहमा सम्पन्न भयो | निर्देशक डा० राईको निर्देशनमा सम्पन्न आजको कार्यशालामा सिन्कोना बगानका चारैवटा युनिट अन्तर्गत १५ वटा विभागलाई लिएर कार्यशाला सम्पन्न भयो | कार्यशालामा व्यवस्थापकहरु क्रमश: जे सादा मङपु, टीबी बराइली लाठपन्चर, बिदुर छेत्री रोंगो, उद्भिदविद डा० डीके शाह कोलकाता, मदन मुखिया मुख्यालय मङपु, सहव्यवस्थापक गोपाल लामिछाने रोंगो, उद्भिदविद डीडी मुखिया लगायत सम्बन्धित विभाग अन्तर्गत एसिस्टेन्ट प्लान्टर, हेड ग्याङमेन, फिल्डमेन, ग्याङमेन, बगान चप्रासी, माली, रिसर्च अनि सिम्बिडीयमका कर्मचारीहरु उपस्थित रहेका थिए | यस सातौँ अर्द्धवार्षिक कार्यशालाको शुरुमा छैटौं अर्धवार्षिक कार्यशाला बारे परिचर्चा एवम बितेका छ महिनाभित्रमा गरिएका कार्यहरुबारे जानकारी लिएपछि आगमी छ महिना भित्रमा गरिनुपर्ने कार्य योजनाको लक्ष्य प्रत्येक विभागीय ग्याङमेन, रिसर्च अनि अन्य नर्सरीहरुलाई दिइयो | यस कार्यशालामा निर्देशक डा० राईले सिन्कोनालाई हराभरा बनाउन हाम्रो दायित्व कस्तो हुनपर्छ बारे उपस्थित सम्पूर्णमा अव्गात गराएका थिए भने मुख्यालय व्यवस्थापक मदन मुखियाले उपस्थित सम्पूर्णलाई स्वागत वक्तब्य प्रस्तुत गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles