Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

धनतेरसले मङपुमा तिहारको केही रौनकता ल्यायो

$
0
0
Dhanteras shoping in Mungpoo
आज धनतेरस पर्वको अवसरमा यहाँको रेसेप बजार संधैको तुलनामा अलि बडी खचाखाच देखियो | तिहार आउन अब केही दिन मात्र बाँकी रहेको भएपनि मपु क्षेत्रमा भने गएवर्षको तुलनामा रौनकता धेरै कम छ | तैपनि आज धनतेरस पर्व परेको हुनाले मानिसहरु यस दिन हुने खानेहरुले सुन, चाँदी किने पनि हुँदा खानेहरुले केही कांस, तांबा आदि धातुका सामानहरु भएपनि घरमा किनी राखे घरको सह बढेर जाने, धन दौलतको सह घरमा आउने जस्ता परापुर्वकालदेखिको बिश्वासलाई पालन गर्दै धनतेरसका सामानहरु किन्न निस्केको पाइयो | बिशेष गरेर केही दिन अघिसम्म पहाड भरि लगातार तीन महिनासम्मको गोर्खाल्याण्ड आन्दोलन अनि अनिश्चितकालिन बन्दको कारण पहाडको अर्थ व्यवस्थामानै ठुलो हलचल मचाएकोले त्यहाँदेखि यताका हरेक पर्वहरुलाई विगतवर्षहरुको तुलनामा केवल औचारिकता पुरा गर्ने प्रकारले मात्र पालन गर्दै आइरहेको पाइएको छ | यता मपु क्षेत्रमा पनि बन्द अवधिको सिन्कोना मजदुर, कर्मचारीको वेतन नपाएको अनि केवल सेप्टेम्बर महिनाको वेतन र बोनस दशैं अघि नै पाइसकेकोले तिहारको निम्ति खर्च गर्ने रुपियाँ अहिले घरि मङपुबासीमा छैन | अक्टोबर महिनाको यो आधा महिना मात्र बितेकोले बगान कर्मचारी तथा मजदुरहरुको अक्टोबर महिनाको वेतन पाइहाल्ने निश्चितता पनि धेरै कम छ | यी कारणहरुले गर्दा पनि मङपुमा यस वर्षको चाड पर्वमा कुनै रौनकता देखिएको छैन | यहाँको नालीडाँडादेखि लिएर रेसेप बजारसम्मकै ब्यापारीहरुले यसवर्षको चाडपर्वमा धन्दा चौपट भएको गनगन मात्र सुनाइरहेको पाइन्छ | आर्थिक अवस्था दुर्बल भएकै कारण मङपुको दशैं तिहारको छेकमा हुने चर्चामा आएको गोल्ड कप साथै यहाँको ऐतिहासिक दुई दिवासीय दिपावली खेलकूद संगम पनि नहुने केही दिन अघिनै सम्बन्धित कमिटि प्रतिनिधिहरुले जनाइसकेका छन् | कति सरोकारपक्षले यसवर्ष तिहारमा पनि मङपु सुनसान हुने गुनासो पोखे पनि कतिले पहाडको यस्तो राजनैतिक अस्थिरतालाई निहालेर मङपुमा यस्तो कार्यक्रमहरु स्थगित गरिनु धेरै राम्रो निर्णय लिएको पनि बताइरहेका छन् | जे होस् वर्षमा एकपल्ट आउने चाड तिहार हो, जसरी भएपनि औपचारिकता पुरा गर्नु नै छ यसैले  यसलाई मङपुबासीले कुन प्रकारले उतार्ने हो हेर्न अब धेरै दिन छैन ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles